आईओएस २६.२ बिटा २ रोल आउट हुँदैः यी परिवर्तनहरू समावेश

Technology Khabar २९ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

एप्पलले विकासकर्ताहरूलाई पहिलो बिटा जारी गरेको लगभग एक हप्ता पछि आईफोन प्रयोगकर्ताहरूको लागि दोस्रो आईओएस २६.२ बिटा रोल आउट गरेको छ। आईओएस २६.२ बिटा २ सँगसँगै, आईप्याडओएस २६.२ बिटा २ पनि डाउनलोडको लागि उपलब्ध भएको बताइएको छ।

आईओएस २६.२ बिटा २ अपडेटले सामान्य प्रणाली सुधारहरू र बग समाधानहरू ल्याएको उल्लेख गरिएको छ। आधिकारिक चेन्जलगले कुनै पनि प्रमुख थपहरू हाइलाइट नगरे पनि यसले प्रयोगकर्ताहरूले एयरड्रप फङ्गसन्यालिटीमा समस्याहरू सामना गर्न सक्ने कुरालाई ध्यानमा राख्न आग्रह गरेको छ।

पहिलो बिटामा पहिले नै दर्ता भएका विकासकर्ताहरूको लागि सेटिङ एप मार्फत ओटीए डाउनलोडको रूपमा अपडेट रोल आउट हुने बताइएको छ। एप्पलले सार्वजनिक बिटा चाँडै जारी गर्ने अपेक्षा गरिएको छ भने स्टेबल पब्लिक (स्थिर सार्वजनिक) संस्करण डिसेम्बरमा आउने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया