Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलले बिहीबार अमेरिकी राहदानीहरूको लागि डिजिटल आईडी लन्च गर्ने घोषणा गर्ने भएको छ। यो घरेलु यात्राको क्रममा व्यक्तिगत पहिचान प्रमाणीकरणको लागि देशभरका २५० भन्दा बढी विमानस्थलहरूमा टीएसए चेकपोइन्टहरूमा स्वीकार गरिने बताइएको छ।
एप्पलले भविष्यमा “अतिरिक्त डिजिटल आईडी स्वीकृति प्रयोगका केसहरू” आउने बताएको छ। माथिको शब्दावलीले पहिले नै संकेत गरेझैं, डिजिटल आईडी भौतिक राहदानीको प्रतिस्थापन भने नभएको र अन्तर्राष्ट्रिय यात्राको लागि प्रयोग गर्न नसकिने उल्लेख गरिएको छ।
एप्पल वालेटमा आफ्नो राहदानी थप्नको लागि, आफ्नो राहदानीको फोटो पेज (पृष्ठ) स्क्यान गर्नुपर्नेछ र त्यसपछि डाटाको प्रामाणिकता सुनिश्चित गर्न आफ्नो आईफोन प्रयोग गरेर राहदानीमा एम्बेड गरिएको चिप रिड गर्न सोधिने उल्लेख गरिएको छ। प्रमाणीकरणको लागि सेल्फी पनि आवश्यक पर्नेछ र सेटअप प्रक्रियाको क्रममा अनुहार र टाउकोको चालहरूको श्रृंखला पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।
डिजिटल आईडी प्रयोग गर्नको लागि, एप्पल वालेट पहुँच गर्न साइड बटन वा होम बटनमा डबल–क्लिक गरेर त्यसपछि डिजिटल आईडी चयन गर्नुपर्ने छ। त्यसपछि आफ्नो आईफोन वा एप्पल वाचलाई आईडेन्टिटी (पहिचान) रिडरको नजिक समातेर प्रमाणीकरण गर्न फेस आईडी वा टच आईडी प्रयोग गर्न सकिने छ। एप्पलले भविष्यमा, व्यक्तिगत रूपमा, एपहरूमा र अनलाइनगरी “पहिचान र उमेर प्रमाणीकरणको लागि अतिरिक्त चयन गरिएका व्यवसायहरू र संस्थाहरू” मा डिजिटल आईडी प्रयोग गर्न सकिने बताएको छ।
डिजिटल आईडी डाटा इन्क्रिप्ट गरिएको र राहदानी डाटा केवल अन–डिभाइसमा मात्र भण्डारण गरिने बताइएको छ। यसमा आफ्नो आईडी कहिले र कहाँ प्रस्तुत गरिने छ वा कुन डाटा प्रस्तुत गरिएको छ भनेर हेर्न नसकिने एप्पलले बताएको छ। आफ्नो आईडी प्रस्तुत गर्न आफ्नो डिभाइसा अनलक गर्न, देखाउन वा हस्तान्तरण गर्न आवश्यक नपर्ने र लेनदेनको लागि आवश्यक जानकारी मात्र प्रस्तुत गरिने बताइएको छ।
एप्पलले पहिलो पटक २०२२ मा एप्पल वालेटमा ड्राइभर लाइसेन्स वा राज्य आईडी थप्ने क्षमता थप गरेको थियो र यो कार्यक्षमता अब १२ अमेरिकी राज्यहरू र प्यूर्टो रिकोमा उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार