शिखर सुजको समर सेल मेला शुरु

Technology Khabar ४ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंकाअनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम, खिचापोखरी सोरुम , पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु हाउस, बौद्ध सोरुम, त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी,कोशेली सु हाउस भोटाहिटी, कीर्तिपुरस्थित कीर्तिपुर, हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरुमबाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् ।

मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने कम्पनीले जानकारी दिएकोछ ।

शिखरले समर सेलका अबसरमा ती सोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया