गुगलले जर्मनीमा ६ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | २७ कार्तिक २०८२, बिहीबार
गुगलले जर्मनीमा ६ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पूर्वाधार र डाटा सेन्टर क्षमता विस्तार गर्ने प्रयासमा गुगलले जर्मनीमा लगभग ५ अर्ब युरो (५.८ अर्ब अमेरिकी डलर) लगानी गर्नेछ भनि यस विषयमा जानकार स्रोतले मंगलबार रोयटर्सलाई बताएको छ।

योजनाहरूमा फ्रान्कफर्ट नजिकैको डिटजनबाखमा नयाँ डाटा सेन्टर र सोही क्षेत्रको हानाउ शहरमा गुगल स्पेसको विस्तार समावेश रहेको दोस्रो स्रोतले उल्लेख गरेको बताइएको छ।

अर्को स्रोतले पहिले नै योजनाहरूले “औसत एक अर्ब युरो” को लगानीको पूर्वानुमान गरेको बताएको रिपोर्ट गरिएको छ।

गुगलले लगानीको मूल्यको बारेमा भने तुरुन्तै टिप्पणी गरेको छैन।

अमेरिकी प्रविधि कम्पनीले पहिले नै “जर्मनीमा अर्बौं लगानी गर्ने र इनोभेसन (नवप्रवर्तन), आर्टिफिसियल इन्टेलिजेन्स र क्लाइमेट(न्यूट्रल ट्रान्सफर्मेसन (जलवायु–तटस्थ रूपान्तरण) को साथ भविष्यका वास्तविक मुद्दाहरूलाई सम्बोधन गर्ने” बताएको छ।

मंगलबार आयोजना गरिने पत्रकार सम्मेलनमा जर्मन अर्थमन्त्री लार्स क्लिङबेलले बोल्ने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...