Technology Khabar २७ कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले अर्को सेप्टेम्बरमा आईफोन फोल्ड, आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै आईफोन एयर २ लन्च गर्ने अपेक्षा गरिएको थियो भने आईफोन १८ र आईफोन १८ई २०२७ को वसन्तमा सँगै आउनेछन्।
यद्यपि, द इन्फर्मेसनको नयाँ रिपोर्टले भने एप्पलले अर्को आईफोन एयर ल्याउन ढिलो गर्ने दाबी गरेको छ। यो सम्भवतः मूल आईफोन एयरको कमजोर बिक्रीको कारणले यसो गर्न लागेको हुन सक्ने बताइएको छ र हालै एप्पलले आफ्ना आपूर्तिकर्ताहरूबाट डिभाइसको लागि अर्डरहरू स्केल ब्याक गरेको उल्लेख गरिएको छ।
यसबाहेक, अक्टोबरमा लक्सशेयरले यसलाई बन्द गरेपछि, एयरको लागि सबै फक्सकन उत्पादन यस महिनाको अन्त्यमा बन्द हुने अपेक्षा गरिएको छ। एप्पलले अझै पनि ‘भेनिला’ आईफोन, प्रो र प्रो म्याक्ससँगै धेरै मानिसहरूले किन्न चाहने चौथो फोन पत्ता लगाउनका लागि केही काम गर्न बाँकी रहेको उल्लेख गरिएको छ।
टेबलमा चौथो सिट भर्ने अघिल्ला असफल प्रयासहरूसँगै आईफोन एयर पनि निश्चित रूपमा सफल नदेखिएको र मिनी मोडेलहरूका साथै प्लस मोडेलहरू पनि असफल भएपछि सायद अर्को वर्ष त्यो मोडेल आईफोन फोल्ड हुन सक्ने सम्भावना रहेको बताइएको छ।
यदि आईफोन एयर २ पूर्ण रूपमा रद्द नभएको खण्डमा भने, यो सम्भवतः २०२७ को वसन्तमा आईफोन १८ र आईफोन १८ई सँगसँगै अनावरण गरिनेछ। हालसालै आईफोन एयर २ को पछाडि दोस्रो क्यामरा थप्ने हल्ला गरिएको र यो स्पष्ट रूपमा मूल एयरमा हुनुपर्ने थियो भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार