कुन एपले ब्याट्री छिटो ड्रेन गर्छ भन्नेबारे सचेत गराउँदै गुगल प्ले

Technology Khabar २७ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

गुगलले मार्च १, २०२६ देखि प्ले स्टोरले फोन नचलाइएको अव्सथामा पनि ब्याकग्राउण्डमा चल्ने एपहरुको गतिविधिका कारण फोनको ब्याट्री छिटो खेर जान सक्ने एपहरूको लागि अलर्टहरू प्रदर्शन गर्ने घोषणा गरेको छ।

ब्लग पोस्टमा, गुगलले ब्याट्री ड्रेन (ब्याट्री चाँडै सक्किने समस्याहरू) लाई सम्बोधन गर्न यस वर्षको सुरुमा बिटामा पहिलो पटक प्रस्तुत गरिएको आफ्नो नयाँ “अत्यधिक आंशिक वेक लक” मेट्रिकको व्याख्या गरेको थियो। सामसङसँगको सहकार्यमा विकसित, मेट्रिक अब सबै एन्ड्रोइड एप विकासकर्ताहरूको लागि उपलब्ध छ।

गुगलले अत्यधिक वेक लकहरू मार्फत डिभाइसहरूलाई धेरै लामो समयसम्म व्यस्त राख्ने एपहरू पहिचान गर्न नयाँ “ब्याड बिहेवियर थ्रेसहोल्ड” स्थापना गरेको उल्लेख गरेको छ।

यदि कुनै एपले थ्रेसहोल्ड पूरा गर्न नसकेको खण्डमा भने, यसलाई प्ले स्टोर सिफारिसहरूबाट बहिष्कार गर्न सकिने र गुगलले सम्भावित ब्याट्री ड्रेन (ब्याट्री चाँडै सक्किने समस्याहरू) को बारे संकेत गर्ने चेतावनी यसको सूचीमा प्रदर्शन गर्न सक्ने बताइएको छ।

गुगलका अनुसार, यदि कुनै एपले २४ घण्टामा दुई घण्टा भन्दा बढी “नन्–एक्जेमप्ट वेक लकहरू” राखेको खण्डमा उक्त एपले सीमा पार गर्ने उल्लेख गरिएको छ।

अडियो प्लेब्याक वा डाटा ट्रान्स्फर (स्थानान्तरण) को लागि आवश्यक वेक लकहरू यस गणनाबाट बहिष्कृत रहेका छन्। यदि कुनै एपको ५ प्रतिशत वा सोभन्दा बढी प्रयोगकर्ता सत्रहरूले २८–दिनको अवधि भित्र अत्यधिक वेक लकहरू देखाउँछन् भने यसले “ब्याड बिहेवियर थ्रेसहोल्ड” पार गर्ने जीएसएमएरिनाले रिपोर्टले गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया