टाटा मोटर्सको व्यावसायिक सवारी साधन युनिट सूचीकृत हुँदै, डिमर्जर पछि शेयरधनीहरूले १:१ अनुपातमा शेयर प्राप्त गर्ने

Technology Khabar २६ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

भारतीय अटो कम्पनी टाटा मोटर्सको व्यावसायिक सवारी साधन अर्थात कमर्शीयल भेहिकल (सीभी) एकाइ आज नोभेम्बर १२ देखि भारतीय स्टक एक्सचेन्ज बीएसई र एनएसईमा सूचीबद्ध हुने तय भएको छ।

डिभर्जर अर्थात छुट्टिने एक भागको रूपमा, कम्पनीले आफ्नो यात्रुवाहक सवारी साधन र व्यावसायिक सवारी साधन व्यवसायहरूलाई छुट्टाछुट्टै सूचीबद्ध कम्पनीहरूमा विभाजन गरेको छ।

सीभी एकाइको नाम अब टाटा मोटर्स लिमिटेड हुनेछ, जबकि यात्रुवाहक सवारी साधन एकाइ टाटा मोटर्स प्यासेन्जर भेहिकल लिमिटेड (टीएमपीभीएल) को रूपमा कारोबार गर्दछ।

टाटा मोटर्सले गत वर्ष अगस्टमा आफ्नो व्यावसायिक सवारी साधन र यात्रुवाहक सवारी व्यवसायहरू अलग गर्ने योजनालाई अनुमोदन गर्यो। यो डिमर्जर अक्टोबर १, २०२५ मा लागू भयो।

यस अन्तर्गत, कम्पनी दुई छुट्टाछुट्टै सूचीबद्ध संस्थाहरूमा विभाजित भयो। यात्रुवाहक सवारी साधन व्यवसाय (विद्युतीय सवारी साधन र जेएलआर सहित) टीएमपीभीएलमा रह्यो, जबकि सीभी व्यवसाय नयाँ कम्पनी, टाटा मोटर्स लिमिटेडमा रहनेछ।

कम्पनीले दुई व्यवसायहरू फरक-फरक वृद्धि चक्रमा रहेको बताएको छ। सीभी व्यवसायको बजार हिस्सा ३७ प्रतिशत भन्दा बढी छ, जबकि पीभी व्यवसायले इभी र जेएलआरमा केन्द्रित गरेको छ। यो पृथकीकरणले स्वतन्त्र व्यवस्थापन, पूँजी विनियोजन र वृद्धि अवसर दुवै प्रदान गर्नेछ। यसले इभी, स्वायत्त सवारी साधन र सफ्टवेयरमा तालमेल बढाउने अध्यक्ष एन चन्द्रशेखरनले बताएका छन्।

टाटा मोटर्सको प्रत्येक शेयरको लागि सीभी युनिटको एक शेयर नि:शुल्क दिइएको छ। कम्पनी छुट्टिएसँगै बुधबारदेखि भारतीय स्टक बजारमा कम्पनीको कारोबार गर्न सकिने बताईएको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया