
काठमाडौं ।
जेनजी समूहको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मालपोत कार्यालय भरतपुरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। आगजनीबाट मालपोत कार्यालय ध्वस्त भएपछि कार्यालय व्यवस्थापनका लागि सो सहयोग गरेको हो।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका रिजनल म्यानेजर राजेन्द्र पौडेलले सेवा प्रवाहमा असहजता भएको महसुस गरेपछि मालपोतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको जानकारी दिए।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब दुई लाख रुपियाँ बराबरको कम्प्युटर र प्रिन्टर सहयोग गरेको उहाँले जानकारी दिनुभयो । मालपोत कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद गौतमले रिलायबल नेपालले दिएको कम्प्युटर र प्रिन्टरले सेवा प्रवाह अझ सहज हुने बताए।
प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार