“इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा” नामक नयाँ योजना सार्वजनिक

Technology Khabar २४ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा” सुरु गरेको छ। यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्ने कम्पनीको भनाइ छ।

इनड्राइभको यो अभियानले यसको पियर–टु–पियर (पी२पी) मोडललाई आत्मसात गर्दछ, जसले यसलाई विश्वकै सबैभन्दा पारदर्र्शी राइड–हेलिङ प्लेटफर्मको रूपमा चिनाउँछ। अरु प्लेटफर्महरू भन्दा भिन्न रहेर इनड्राइभले यात्रु र चालक दुवैलाई समान सशक्तिकरण प्रदान गर्दै आपसी सहमतिमा भाडा तय गर्ने स्वतन्त्रता प्रदान गर्दछ।

यस मोडलअन्तर्गत यात्रुहरुले आफ्नै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारीको मोडल, चालकको रेटिङ, र आउन लाग्ने समयका आधारमा उपलब्ध प्रस्तावहरू मध्ये रोजेर राइड लिन सक्छन्। यसले दुवै पक्षका लागि पूर्ण पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ।

यस दृष्टिकोणले समानता, सम्मान, र आपसी निर्णय प्रक्रियालाई सुदृढ बनाउँदै प्रत्येक यात्राको केन्द्रमा ‘रोजाइको स्वतन्त्रता’ लाई राखेको छ। इनड्राइभको सिद्धान्त नै प्रयोगकर्ताहरुलाई आफ्नो यात्रामाथि अधिकार र नियन्त्रण दिनु हो।

अभियानको मुख्य भूमिकामा चर्चित कलाकार स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। यसमार्फत इनड्राइभले स्वतन्त्रता, मौलिकता र सशक्तिकरणलाई प्राथमिकता दिने नेपाली युवापुस्तासँग अझ गहिरो सम्बन्ध कायम गरेकोे छ।

“इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा” भन्ने सन्देशले इनड्राइभको “पिपुल फर्स्ट” दृष्टिकोणलाई पुनः पुष्टि गर्छ, जहाँ निष्पक्षता र स्वतन्त्रता चाहने बलियो समुदायको निर्माणमा जोड दिइएको छ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटीभ रीता पोखरेल भनिन्, “हाम्रो क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा” ले इनड्राइभको प्रमुख मूल्य मान्यताहरु “स्वतन्त्रता, समानता र समुदाय” लाई प्रतिबिम्बित गर्छ। प्रत्येक यात्रा सशक्तिकरण र पारदर्शिताबाट सुरु हुनुपर्छ, जहाँ चालक र यात्रु दुवैको समान अधिकार हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ। इनड्राइभ सधैं समुदायलाई वास्तविक रोजाइको स्वतन्त्रता दिएर सशक्त बनाउने पक्षमा रहँदै आएको छ। यस क्याम्पेनमार्फत हामी निष्पक्ष मोबिलिटी र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ गर्न चाहन्छौं।  नेपालका प्रत्येक चालक र यात्रुहरुले उनीहरूको रोजाइ साँच्चै महत्वपूर्ण छ भन्ने महसुस गरुन भन्ने हामी चाहन्छौं।”

यस अभियानसँगै इनड्राइभले नेपालमा अर्बन कम्युनिटीलाई पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ जहाँ स्वतन्त्रता, निष्पक्षता र समुदाय प्रत्येक यात्राको सार बन्ने कम्पनीको अपेक्षा छ।

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Ncell’s 11GB data to 11 lucky customers

  • Technology Khabar
  • २४ कार्तिक २०८२, सोमबार

inDrive launches new campaign- Your journey begins with your choice

२४ कार्तिक २०८२, सोमबार

Samsung Nepal introduces Galaxy Buds3 FE

२४ कार्तिक २०८२, सोमबार