कनेक्सनले मुश्किलले काम गरिरहेको बेला पनि तपाईंको फोनले किन पूरा सिग्नल देखाउँछ?

Technology Khabar २४ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

फोनमा “फुल सिग्नल” भएर पनि इन्टरनेटले राम्ररी काम नगर्ने समस्या अब सामान्य भइसकेको छ।

एन्ड्रोइड ओथोरिटीको रिपोर्ट अनुसार, एन्ड्रोइड फोनहरूले प्रायः जानाजानी वास्तविकतामा भन्दा बलियो सिग्नल प्रदर्शन गर्ने उल्लेख गरिएको छ।

एन्ड्रोइड सिस्टम कोडमा रहेको “KEY_INFLATE_SIGNAL_STRENGTH_BOOL” नामक विकल्पले प्रयोगकर्तालाई थप सिग्नल “बार” प्रदर्शन गर्न अनुमति दिने जनाइएको छ।

गुगलले सिग्नल शक्ति संकेत गर्न चार देखि पाँच बारहरूबाट स्विच गरेबाट यो सुविधा २०१७ देखि नै उपलब्ध हुँदै आएको छ।

गुगलका अनुसार धेरैजसो मोबाइल अपरेटरहरूलाई यो विकल्पको सक्रियता आवश्यक पर्ने र यो स्क्याम नभएको र प्रयोगकर्ताले थोरै कनेक्सन हुँदा पनि “नो बार्स” देख्ने अवस्थालाई रोक्नको लागि गरिएको प्रयास भएको र यो आपतकालीन अवस्थामा आवश्यक हुन सक्छ भनि गुगलले बताएको छ।

यद्यपि, यो “कस्मेटिक” परिवर्तनको अर्थ भने फुल (पूर्ण) बारहरूले राम्रो कनेक्सनको ग्यारेन्टी नगर्ने बताइएको छ। व्यवहारमा, सूचक उत्तम देखिए पनि सिग्नल कमजोर हुन सक्ने उल्लेख गरिएको छ।

थप सटीक जानकारी हेर्न चाहनेहरूले सेटिङ्गस >अबाउट फोन > सिम स्ट्याटसमा वास्तविक कनेक्सन (जडान) को स्थिति जाँच गर्न सक्ने बताइएको छ र डेसिबलमा व्यक्त गरिएको सिग्नल मानहरू देख्न सकिने उल्लेख गरिएको छ। –६५ डेसिबल मिलिवाट वरपरको मानले उत्कृष्ट सिग्नलको अर्थ बुझाउँछ भने –११० डेसिबल मिलिवाट भन्दा कमले कमजोर जडानलाई जनाउने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया