सामसङ ग्यालेक्सी ट्याब ११ नेपालमा सार्वजनिक: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट

Technology Khabar २२ कार्तिक २०८२, शनिबार

सामसङ ग्यालेक्सी ट्याब ११ नेपालमा सार्वजनिक: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट
Global IME Bank

काठमाडौं ।

सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस ११ नेपाली बजारमा प्रस्तुत गरेको छ।

ग्यालेक्सी एआई र वनयूआई ८ द्वारा संचालित, ट्याब एस ११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ। यो ट्याब अहिले स्टोरमा रु. १,२९,९९९ (१२ जीबी/२५६ जीबी) मा उपलब्ध छ।

सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस ११ मा वनयूआई ८ भित्र नै बहुआयामिक ग्यालेक्सी एआई (Galaxy AI) क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ। जेमिनी लाइभ (रियल–टाइम स्क्रिन शेयरिङ), ड्रईङ्ग असिस्ट, राइटिङ असिस्ट र सर्कल टू सर्च जस्ता टूलहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।

ग्यालेक्सी ट्याब ११ मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श डिभाइस बनेको कम्पनीको दाबी छ।

थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ सामसङ डेक्स एक्सटेन्डेड मोड (Samsung DeX Extended Mode) पनि समावेश छ, जसले ट्याब एस ११ र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ।

गुडनोट्स, क्लिप स्टूडियो पेन्ट, लुमाफ्यूजन, र नोशन जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब एस ११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।

सामसङ नेपालका एमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी ट्याब एस ११ मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्दैछौं। यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्ति गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको हो।”

ग्यालेक्सी ट्याब एस ११ अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया