आईफोन १८ प्रोको रङ्गहरू लीक भए

  • Technology Khabar | १७ कार्तिक २०८२, सोमबार
आईफोन १८ प्रोको रङ्गहरू लीक भए

काठमाडौं ।

चीनमा सेप्टेम्बर २०२६ मा आईफोन १८ प्रो प्रस्तुत गरिने कथित रङ्गहरू लीक भएका छन्। उक्त नयाँ रङ्गहरूङ्गा कफी, पर्पल र बरगंडी समावेश रहेका छन्। यी रङ्गहरू सहितको आईफोन १८ प्रोलाई अनुमानित तस्बिरमा चित्रण गरिएको छ।

गत महिना आईफोन १७ प्रो सिल्भर, कस्मिक ओरेञ्ज र डीप ब्लू रङ्गमा लन्च गरिएको थियो।

यदि आईफोन १८ प्रो यी रङ्गहरूको साथ बाहिर आएको खण्डमा भने यसको अर्थ एप्पलले आफ्नो मार्ग परिवर्तन गर्ने छैन। कम्पनीले अझै पनि कालो वा सेतो विकल्प भने प्रदान नगर्ने जस्तो देखिएको उल्लेख गरिएको छ। साथै यो निश्चित रूपमा एक बोल्ड रणनीति भएको बताइएको छ र कम्पनीले स्पष्ट रूपमा यो सही भएको भन्ने सोच राखेको उल्लेख गरिएको छ।

आईफोन १८ प्रोको अफवाहमा रहेका रङ्गहरूमा पर्पल रङ्गको केही संस्करण पहिले नै आईफोन एक्सआर, आईफोन ११, आईफोन १२, आईफोन १४, र आईफोन १४ प्रोमा देखिइसकेको छ। यद्यपि अहिलेसम्म कहिल्यै ‘कफी’ वा ‘बरगंडी’ आईफोन भने नदेखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...