Technology Khabar २८ फाल्गुन २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको इन्टरनेटको शुरुवात भएको आज ३० वर्ष पुरा भएको छ । मार्च १२ तारिखमा नै पहिलो पटक वर्ल्ड वाइड वेब अर्थात डब्लूडब्लूडब्लूको शुरुवात भएको थियो ।
सर टिम बर्नर्स लीले वेबको आविश्कार गरेका थिए भने पहिलो वेब क्लाइन्ट सर्भर तथा सर्भर बनाएका थिए ।
टिमले वेब ब्राउजरको डिजाइन र निर्माणका साथै पहिलो वेब सर्भर पनि बनाएका थिए । उनले सन् १९८९ मार्च १२ मा वेब ब्राउजरलाई इनफर्मेसन म्यानेजमेन्टको नामबाट सबमिट गरेको थिए । भने टिमले त्यसको करिब १ वर्षपछि १९९० मा नेक्ट कम्यूटरमा विश्वको पहिलो वेबसाइट लाइभ गरेका थिए, जहाँ बर्नर्स ली काम गर्ने गर्दथे ।
टिम बर्नर्सले हालै डब्लूडब्लूडब्लूको शुरुवात भएको ३० वर्ष पुगेको उपलक्ष्यमा र यसको प्रयोगको बारेमा खुला पत्र लेखेका छन् । जमा उनले इन्टरनेटलाई इतिहास भनेका छन् । उनले हालको वेब आफूले कल्पना गरेजस्तो प्राज्ञिक, खुला र समानतावादी स्वर्ग जस्तो नभएको बताएका छन् ।
हालको दिनमा इन्टरनेट यूजर्सका लागि अधिक राम्रो छैन, तर पनि अझै ढिलो भएको छैन् । उनले यसमा कसरी इन्टरनेटले विश्व परिवर्तन गरेको र अझ मानवको लागि इन्टरनेटलाई उत्कृष्ट बनाउन के गर्नुपर्छ भन्ने बारेमा बताएका छन् ।

सर टिम बर्नर्स लीले क्याम्ब्रिज एनालिटिका स्क्याण्डलपछि मानिसहरुलाई यो अनुभव भयो कि उनीहरुको डाटालाई कसरी दूरुपयोग गर्न सकिन्छ भन्ने थाहा पाएको बताए । तर पनि उनले ह्याकिंग, डाटा ब्रिच र गलत जानकारीहरुसँग लड्न सकिने र त्यसलाई सहिरुपमा ल्याउन सकिने विचार व्यक्त गरे ।
उनले इन्टरनेटको गलत प्रयोगको बारेमा उल्लेख गरेका छन्-
उनले पहिलो किसिमको समस्यालाई पूर्णरुपमा समाधान गर्न नसकिने तर यसको लागि कानूनहरु तथा आचारसंहिताद्धारा त्यस्ता व्यवहारलाई कम गर्न सकिने बताएका छन् ।
त्यस्तै दोस्रो प्रकारको समस्याका लागि सिस्टम डिजाइनमा नै परिवर्तन गरेर समाधान गर्न सकिने भनेका छन भने सर टिम बर्नर्स लीले तेस्रो प्रकारको लागि वर्तमान प्रणाली र मोडलको थप अनुसन्धान आवश्यक भएकोमा जोड दिए ।
प्रकाशित: २८ फाल्गुन २०७५, मंगलवार