Technology Khabar १२ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईले सोमबार ग्रोकिपिडियाको आफ्नो प्रारम्भिक संस्करण लन्च गरेको छ।
यो एक प्लेटफर्म हो जुन विकिपिडियासँग प्रतिस्पर्धा गर्न आर्टिफिसियल इन्टेलिजेन्सद्वारा उत्पन्न गरिएको इनसाइक्लोपिडिया हो भनि बताइएको टेलिग्राफले रिपोर्ट गरेको छ।
लामो समयदेखि “इडिटोरियल बायस” (सम्पादकीय पूर्वाग्रह) भनेर विकिपिडियाको आलोचना गर्दै आएका टेस्लाका संस्थापक अर्बपति मस्कले पहिले ग्रोकिपिडियालाई “अधिक प्रामाणिक र स्वतन्त्र विकल्प” को रूपमा वर्णन गरेका छन्।
ग्रोकद्वारा संचालित, एक्सएआईको च्याटबोट रियल–टाइम डाटामा प्रशिक्षित रहेको र प्लेटफर्मले ज्ञान सिर्जना गर्ने र अनलाइन साझेदारी गर्ने तरिकालाई पुनः आकार दिने लक्ष्य राखेको बताइएको छ।
ग्रोकिपिडिया आधिकारिक रूपमा ग्रोकिपिडिया डट कममा लन्च गरिएको र यसमा डेब्यूको क्रममा समस्याहरू देखा परेको बताइएको छ।
साइट सोमबार दिउँसो लन्च गरिएको थियो र साँझ अनलाइनमा फर्कनु अघि केही घण्टा भित्र नै “क्र्यास” भएको रिपोर्ट गरिएको छ।
प्रारम्भिक आगन्तुकहरूले साधारण सर्च बारको साथ “ग्रोकिपिडिया भीओ.१” शीर्षकको न्यूनतम गृहपृष्ठ देखेको रिपोर्ट गरेका छन्।
लन्चमा, प्लेटफर्मले ८८५,२७९ लेखहरू पनि होस्ट गरेको बताइएको छ। यद्यपि धेरै प्रारम्भिक प्रयोगकर्ताहरूले यसमा रहेका ठूलो भागहरू विकिपिडियाबाट सिधै रूपान्तरण वा प्रतिलिपि गरिएको देखिन्छ भनि बताएका छन्।
यो रिलिजले “मुख्यधाराका कथाहरूलाई चुनौती दिने” एआई प्रणालीहरू निर्माण गर्ने मस्कको प्रयासमा एक कदमलाई संकेत गरको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ कार्तिक २०८२, बुधबार