ताजा समाचार

राष्ट्रब्यापी डिलर सञ्जाल बिस्तार गर्दै जिली ईएक्स ५

राष्ट्रब्यापी डिलर सञ्जाल बिस्तार गर्दै जिली ईएक्स ५
Global IME Bank

चिनियाँ इभी निर्माता जिली ईएक्स ५ (Geely EX5) को नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारलाई जोड दिँदै कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ ‌ओटा डिलर नियुक्त गर्ने जनाएको छ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली ईएक्स ५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काएको कम्पनीको दाबी छ।

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ।

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका, र तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ।

यी नयाँ शोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन्।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली ईएक्स ५ पर्याउने उदेश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौं,” एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, “हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन्।”

जिली ईएक्स ५ मा रहेको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको जारी विज्ञप्तीमा उल्लेख छ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो।

“हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली भ्ह्छ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,” उनले थपे।

Sajilo Visa
easy care