दशैं तिहार लक्षित गरेर साढे १३ अर्ब रुपैयाँमाथिको स्मार्टफोन आयात

Technology Khabar १२ कार्तिक २०८२, बुधबार

दशैं तिहार लक्षित गरेर साढे १३ अर्ब रुपैयाँमाथिको स्मार्टफोन आयात
पसलमा बेच्न राखिएका मोबाइल तथा अन्य एसेसरिज

काठमाडौं ।

दशैं तिहारको समयावधिमा बिक्रीका लागि लक्षित गरेर भित्रिएका स्मार्टफोनको संख्या अघिल्लो अवधिको तुलनामा बढेको देखिएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना अर्थात् असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात झन् झन् वृद्धि हुँदै गइरहेको पाइएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोज मसान्तसम्म १३ अर्ब ६२ करोड ७५ लाख ३२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

भदौ मसान्तसम्म ५ लाख ८ हजार ९६३ आयात भएको थियो। यसैगरी रकम पनि ५ अर्ब ४५ करोड ६७ लाख ५८ हजारले वृद्धि भएर समग्रमा ८ अर्ब ८७ करोड ५९ लाख ८० हजार पुगेको थियो।

भदौबाट असोज मसान्तसम्मको एक महिनामा २ लाख ९५ हजार ९८७ बढेर स्मार्टफोनको आयात सङ्ख्या ८ लाख ४ हजार ८६० पुगेको छ।

स्मार्टफोनका लागि एक महिनामा ४ अर्ब ७८ करोड १५ लाख ५८ हजार बाहिरिएर समग्रमा १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार पुगेको छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट २ अर्ब ५४ करोड २१ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ३८ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा चीनबाट १० अर्ब ७६ करोड ३७ लाख ३० हजार रुपैयाँ बराबरको ७ लाख २९६ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब ७५ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ३ हजार ४०२ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया११५१२९२२
क्यानडा१८१६५४
चीन७००२९६१०७६३७३०
हङकङ१३१४६९
भारत१०३४०२२७५८३२९
जापान२६५२०७४६
द कोरिया९२६४०६
मलेसिया१८१०२८
कतार५३६३०१
१०यूएई२९०२४५७७
११बेलायत३८३१९१
१२अमेरिका१९२२०३३२

बाँकी २६ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको विवरणले देखाएको छ।

प्रकाशित: १२ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया