Technology Khabar १० कार्तिक २०८२, सोमबार
काठमाडौं ।
सन् २०२७ को एप्पलको आईप्याड प्रो धेरै चिसो हुने रिपोर्ट गरिएको छ। साथै हाइ–इन्डको उक्त ट्याब्लेट नयाँ चिपले सुसज्जित हुने ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्।
एप्पलले अर्को पुस्ताको आईप्याड प्रो मोडेलहरूमा भेपर चेम्बर समावेश गर्ने विश्लेषकले उल्लेख गरेका छन् जुन सन् २०२७ मा डेब्यू हुनेछ। भेपर चेम्बरले प्रो ट्याब्लेटहरूलाई विशेष रुपमा रिसोर्स–इन्टेनसिभ (स्रोत–गहन) कार्यहरू चलाउँदा अझ राम्रो प्रदर्शन गर्न मद्दत गर्नेछ।
त्यसैगरी सन् २०२७ को आईप्याड प्रो नयाँ एप्पल एम६ एसओसीले सुसज्जित हुने गर्मनले बताएका छन्। चिप सम्भवतः टीएसएमसीको २एनएम प्रक्रियामा निर्माण गरिने उल्लेख गरिएको छ।
एप्पलले गत हप्ता मात्र नवीनतम आईप्याड प्रो २०२५ मोडेलहरूको घोषणा गरेको छ। १३–इन्च र ११–इन्च ट्याब्लेटहरूमा एम५ चिप, एन१ वायरलेस नेटवर्किङ चिप र एप्पलको आफ्नै सी१एक्स मोडेम समावेश गरिएको छ। नयाँ ट्याब्लेटहरू स्ट्याडर्ड र छिटो चार्जिङको रूपमा १२जीबी र्याम सँग पनि आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० कार्तिक २०८२, सोमबार