टेस्लाले हजारौं साइबरट्रकहरू फिर्ता बोलायो

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

टेस्लाले नोभेम्बर २०२३ र अक्टोबर २०२५ को बीचमा उत्पादन गरिएका साइबरट्रक मोडेलका ६३,६१९ युनिटहरू फिर्ता बोलाउने घोषणा गरेको छ। उक्त अवधिमा उत्पादन गरिएका साइबरट्रक मोडेलको पार्किङ लाइटहरू बढि उज्यालो भएको पत्ता लागेपछि तिनीहरुलाई फिर्ता बोलाइएको उल्लेख गरिएको छ।

धेरै उज्यालो पार्किङ लाइटहरूले विपरित दिशाबाट आउँदै गरेका चालकहरूलाई केही समयको लागि अन्धा बनाउने उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार, अगाडिको एलईडीहरूले संघीय नियमन एफएमभीएसएस १०८ द्वारा अनुमति दिइएको ब्राइटनेस (चमक) सीमा नाघेको र यसले गर्दा अन्य चालकहरूलाई ध्यान भंग हुने जोखिम बढ्ने उल्लेख गरिएको छ।

टेस्लाका इन्जिनियरहरूले सफ्टवेयर त्रुटिको कारणले यो समस्या उत्पन्न भएको पत्ता लगाएको र यसले बत्तीहरूलाई आवश्यकता भन्दा बढी रोशनी प्रदान गर्न आदेश दिएको जनाइएको छ।

साथै सेवा भ्रमणको कुनै आवश्यकता बिना नै “ओभर–द–एयर” अपडेट मार्फत यो दोष समाधान गरिने बताइएको छ।

यो समस्याको सामना गर्ने टेस्ला मात्र एक नभएको र गत वर्ष पोर्शले आफ्नो म्याकान इलेक्ट्रिक मोडेललाई यस्तै कारणले फिर्ता बोलाएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया