आईफोन १७ प्रोको रङ्ग परिवर्तन भइरहेको प्रयोगकर्ताहरुको गुनासो

Technology Khabar ५ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

गत महिना लन्च भएको आईफोन १७ प्रो लाइनमा एउटा नयाँ समस्या देखा परेको छ। आईफोन १७ प्रोको केही प्रयोगकताहरूले अप्रत्याशित रङ्ग परिवर्तन हुने समस्याहरूको बारेमा रिपोर्ट गरिरहेका छन्। यस अघि प्रयोगकर्ताहरूले फोनहरू सजिलै स्क्र्याच हुने बारेमा गुनासो गरेका थिए।

‘कस्मिक अरेञ्ज’ भेरियन्टको आईफोन १७ प्रो म्याक्स ‘पिङ्क’ वा ‘रोज गोल्ड’ रङ्गमा परिणत भएको तस्बिरहरू देखा परेका छन्। साथै अन्य मोडेलहरूमा पनि यस्तै समस्याहरू फेला परेको रिपोर्ट गरिएको छ। यद्यपि समस्याको कारण र यसको स्तरको बारेमा अझै पनि थाहा भएको छैन्।

त्यसैगरि, विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा धेरै प्रयोगकर्ताहरूले यो समस्या अनुभव गरिरहेको हुन सक्छन् भन्ने सुझाव दिने किसिमका यस्तै रिपोर्टहरू देखा पर्न थालेको उल्लेख छ।

प्रकाशित: ५ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया