Technology Khabar ५ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
हालै टेक्सासको अप डट समिटमा साइन्स फिक्सनका चलचित्र जस्तो देखिने “फरमुला वान अफ द स्काई” नामक पहिलो फ्लाइङ कार दौड आयोजना गरिएको छ।
१०२ किलोमिटर प्रतिघण्टाको गतिमा चारओटा पूर्ण विद्युतीय जेटसन वान फ्लाइङ भेहिकल्स (उड्ने सवारी साधनहरू) धावनमार्गमा कडा मोडहरू र खतरनाक चालहरूको सामना गरेको बताइएको छ।
कार्यक्रमले चार–व्यक्ति संरचनामा पहिलो उडान भएको र यसले समन्वित चालहरूको लागि यी फ्लाइङ भेहिकल्स (उड्ने सवारी साधनहरू) को क्षमता देखाएको उल्लेख गरिएको छ।
जेटसनका सह–संस्थापक टोमाज पटानले भीडको ऊर्जा असाधारण भएको र यो उड्डयनमा नयाँ अध्यायको नेतृत्व गर्न कम्पनीको तत्परताको प्रमाण भएको बताएका छन्।
जेटसन वान आठ शक्तिशाली रोटरहरूसहितको कार्बन र आल्मुनियम बडीले सुसज्जित एकल सिट ई–भीटीओएल हो।
यो डिभाइसको तौल ११५ किलोग्राम रहेको छ र जसमध्ये ब्याट्रीहरूको तौल ६० किलोग्राम भएको बताइएको छ। उक्त ब्याट्रीहरूले ४५७ मिटरको उचाइमा लगभग २० मिनेटको उडान प्रदान गर्ने उल्लेख गरिएको छ।
आपतकालीन अवस्थामा, पाइलटहरूले सिङ्गल रोटरको साथ पनि उडान गर्न सक्नेछन् भने आपतकालीन अवस्थामा ब्यालिस्टिक मिसाइलहरू सक्रिय गरेर प्रयोग गर्न सकिने पनि सक्ने बताइएको छ।
यो फ्लाइङ कारको मूल्य हाल १ लाख २८ हजार अमेरिकी डलर तोकिएको छ भने नोभेम्बरको सुरुसम्ममा १ लाख ४८ हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
अमेरिकामा यस फ्लाइङ कारको लागि कुनै पनि पाइलटको इजाजतपत्र आवश्यक नपर्ने र कम्पनीले “सबैजना पाइलट हुन्” भन्ने नारालाई बढावा दिएको बताइएको छ जसले गर्दा धेरै मानिसहरूलाई उडान पहुँचयोग्य हुने उल्लेख गरिएको छ।
यो फ्लाइङ कारको पहिलो मोडेल सेप्टेम्बरमा पाल्मर लस्कीलाई डेलिभर गरिएको थियो र हाल लगभग ५५० अर्डरहरू रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ कार्तिक २०८२, बुधबार