Technology Khabar ५ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
स्पेसएक्सले छुट्टै फाल्कन ९ रकेटहरूमा थप ५६ ओटा स्टारलिङ्क स्याटेलाइटहरू प्रक्षेपण गरेको छ।
थप ५६ ओटा स्टारलिङ्क स्याटेलाइटहरू प्रक्षेपणसँगै अब लो अर्थ अर्बिट (पृथ्वीको तल्लो कक्ष) मा प्रक्षेपण गरिएका स्याटेलाइटहरूको कुल संख्याले १०,००० पार गरेको छ।
यो कोसेढुङ्गा १३२ औं फाल्कन ९ प्रक्षेपणमा हासिल गरिएको र यसले अघिल्लो वार्षिक प्रक्षेपण रेकर्ड बराबरी गरेको रिपोर्ट गरिएको छ।
गणनाको आधारमा उक्त १० हजार स्याटेलाइटहरू मध्ये हाल लगभग ८,६०८ मात्र सञ्चालनमा रहेको स्याटेलाइट ट्र्याकर जोनाथन म्याकडोवेलले बताएका छन्।
लगभग पाँच वर्षको जीवन भएका स्टारलिङ्क स्याटेलाइटहरू जमिनमा पुग्नु अघि डिअर्बिटेड भएर आफैँ पृथ्वीको वायुमण्डलमा पूर्णरूपमा जल्ने किसिमले डिजाइन गरिएको बताइएको छ।
पहिलो स्टारलिङ्क प्रोटोटाइपहरू सन् २०२१ को व्यावसायिक सेवा प्रस्ताव अघि सन् २०१८ को फेब्रुअरीमा प्रक्षेपण गरिएको थियो।
स्पेसएक्सले विश्वमा तिव्र, लो–लेटेन्सी (कम–विलम्बता) सहितको इन्टरनेट सेवा ल्याउनका लागि योजनाबद्ध रुपमा १२,००० भन्दा बढी स्याटेलाइटहरू प्रक्षेपण गर्ने स्वीकृति पाएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ कार्तिक २०८२, बुधबार