जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक: शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन

Technology Khabar ३ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक गरेको छ। विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जिबि र्याम र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य रु. ३६,९९९/- तोकिएको छ, र अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ।

यससँगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल रु. १४,८०० डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ।

४०८३ एमएम स्क्वायर भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ।

२.७ गिगाहर्जको शक्तिशाली युनिसक टी९१०० प्रोसेसर, ६००० एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ। आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया