Technology Khabar ३ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
चीनले आइतबार तीनवटा रिमोट सेन्सिङ्ग भूउपग्रहसहित ‘लिजियान–१ वाई८’ नामक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
‘लिजियान–१ वाई८’ चीनद्वारा विकास गरिएको एक व्यावसायिक प्रक्षेपण रकेट हो, जसको प्रयोग उपग्रहहरूलाई पृथ्वीको कक्षमा पठाउन गरिन्छ।
यो रकेट चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको एक व्यावसायिक अन्तरिक्ष प्रक्षेपण क्षेत्रबाट बिहान ११ः३३ बजे (बेइजिङ समय अनुसार) प्रक्षेपण गरिएको थियो। रकेटले तीनै भूउपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याएको छ।
‘रिमोट सेन्सिङ्ग भूउपग्रह’ त्यस्तो उपग्रह हो, जुन पृथ्वीको सतहको बारेमा जानकारी सङ्कलन गर्नका लागि पृथ्वीबाट टाढा अन्तरिक्षबाट काम गर्छ। यसले विभिन्न प्रकारका क्यामेरा र सेन्सरको प्रयोग गरेर भू–भाग, मौसम, जङ्गल, समुद्र र अन्य गतिविधिहरूको निगरानी गर्छ।
प्रक्षेपण गरिएका तीन उपग्रहहरूमा पाकिस्तानको रिमोट सेन्सिङ भूउपग्रह (पीआरएसएस–२) तथा एआईआर–०३ र एआईआर–०४ उपग्रहहरू रहेका छन्।
प्रकाशित: ३ कार्तिक २०८२, सोमबार