याङ्गो राइडले तिहार पर्वमा पार्टनर ड्राइभरका लागि बोनस दोब्बर बनायो

Technology Khabar २ कार्तिक २०८२, आईतवार

काठमाडौं ।

राइड शेयरिङ्ग कम्पनी याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूलाई सहयोग र सम्मान स्वरूप विशेष समयसीमित अभियान सुरु गरेको घोषणा गरेको छ। यस अभियानको उद्देश्य तिहार जस्तो व्यस्त समयमा ड्राइभर पार्टनरहरूलाई थप आम्दानीका अवसरहरू प्रदान गर्नु र कम दबाबमा बढी कमाउन सहयोग पुर्याउनु भएको कम्पनीको भनाई छ।

यो अभियान तिहार पर्वको अवसरमा एक सातासम्म सञ्चालन हुनेछ, जसमा सोमबार, २० अक्टोबरदेखि थप बोनसहरू उपलब्ध हुनेछन् । यस अवधिमा सबै वर्गमा बोनस दरहरू सामान्य भन्दा २ गुणासम्म बढाइएका छन्। अब पार्टनर ड्राइभरहरूले कार सेवामा प्रति दिन अधिकतम रु. ६,२०० सम्म र बाइक सेवामा प्रति दिन बोनसको रूपमा रु. ४,१०० सम्म कमाउन सक्नेछन्।

यस्तै, पार्टनर ड्राइभरहरूले आफ्नो सामान्य दैनिक लक्ष्यहरू नै पछ्याउनु पर्नेछ, कुनै अतिरिक्त लक्ष्य राख्न वा पूरा गर्नुपर्ने आवश्यकता हुनेछैन।

“पार्टनर ड्राइभरहरू नै याङ्गोको मुटु हुन्। यो विशेष बोनस अभियान हाम्रो तर्फबाट एउटा सानो प्रयास हो जसले तिनीहरूलाई उत्सवको समयमा आफ्नो परिवारसँगको समय त्यागेर सेवामा जुटेको सम्मान गर्दछ । हामी आफ्ना पार्टनर ड्राइभरहरूप्रति आभार प्रकट गर्न चाहन्छौं-उनीहरूलाई सजिलै र बढी आम्दानी गर्न सक्षम बनाउँदै,” याङ्गो राइड नेपालका एक वरिष्ठ प्रतिनिधिले बताए।

कम्पनीले स्थानीय साझेदार र यातायात सेवाप्रदायकहरूलाई आफ्नो मोबाइल एपमार्फत सेवा प्रदान गर्न सशक्त बनाउँदै आएको बताएको छ।

याङ्गोले सबै पार्टनर ड्राइभरहरूलाई यस विशेष अवसरको फाइदा उठाउन र उत्सवको समयमा बढी कमाई गर्दै तिहार मनाउन आग्रह गरेको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया