च्छो-रोल्पामा नेपाल टेलिकमको भ्वाइस सेवा सञ्चालन

Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार

च्छो-रोल्पामा नेपाल टेलिकमको भ्वाइस सेवा सञ्चालन
सांकेतिक तस्विर
Global IME Bank

काठमाडौं ।

नेपाल टेलिकमले दोलखा जिल्लाको रमणीय च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालनमा ल्याएको छ।

दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा यही असोज २८ गतेदेखि भी-स्याट प्रविधी मार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको हो।

४१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो-रोल्पा रुटको बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूध-कुण्ड, यालुङ बेसक्याम्प, टासी-लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा  पर्यटकहरुलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्दार कार्यहरुका लागि उपयोगी हुनेछ।

पर्यटकिय सिजनका कारण कामदारहरुको अभावका साथै सहयोगीको रुपमा लगिएका व्यक्तिहरु समेत अस्वस्थ भएका कारण नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरुको अथक मेहेनत पश्चात् उक्त सेवा प्रवाहको कार्य सम्भव भएको कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमले भौगोलिक रुपमा विकट, दुर्गम तथा सेवा प्रवाहका लागि अत्यन्त कठिनाइ रहेका स्थानहरुका जनतालाईसमेत समान रुपमा दूरसञ्चार सेवा प्राप्त गर्न सम्भव हुनेगरी सेवा प्रदान गर्ने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको प्रवक्ता रबिन्द्र मानन्धरले बताए।

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया