Technology Khabar १ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
ओप्पोले वाच एस नामक स्मार्टवाचको घोषणा गरेको छ। चीनमा वाच एस स्मार्टवाचसँगै फाइन्ड एक्स९ र फाइन्ड एक्स९ प्रो अनावरण गरिएको छ।
ओप्पो वाच एसमा ४६४ × ४६४ पिक्सेल रिजोल्युसन र ३,००० निट्सको पिक ब्राइटनेस (अधिकतम चमक) भएको गोलाकार १.४६ इन्चको एएमओएलईडी डिस्प्ले छ। यो स्मार्टवाच ८.९ एमएम पातलो र स्ट्र्याप बिना ३५ ग्राम तौल रहेको छ।
यो स्मार्टवाच हार्ट रेट मनिटर, पल्स अक्सिमिटर, ईसीजी सेन्सर र रिस्ट टेम्प्रेचर (नाडीको तापक्रम) सेन्सर जस्ता धेरै हेल्थ (स्वास्थ्य) ट्र्याकिङ सेन्सरहरूसँग आउँछ। स्मार्टवाचले डुअल–ब्याण्ड जीपीएस, ब्लुटुथ ५.२ प्रदान गर्दछ भने कलरओएस वाच ७.१ चलाउने बताइएको छ।
वाच एसमा ४जीबी इन्टर्नल स्टोरेज रहेको छ भने बीईएस२८००बीपी चिपसेट समावेश गरिएको छ। यस स्मार्टवाचले ३३०एमएएच ब्याट्री प्याक गरेको छ जुन १० दिनसम्म प्रयोग गर्न सकिने दाबी गरिएको छ।
ओप्पोको वाच एस भाइब्रेन्ट ग्रीन, रिदमिक सिल्भर र रेसिङ ब्ल्याक रङ्गहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।
वाच एसको भाइब्रेन्ट ग्रीन भेरियन्टको मूल्य १,४९९ चिनियाँ युआन (२१० अमेरिकी डलर) कायम गरिएको छ भने अन्य विकल्पहरूको मूल्य १,२९९ चिनियाँ युआन (१८५ अमेरिकी डलर) पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १ कार्तिक २०८२, शनिबार