Technology Khabar १ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
ओप्पोले प्याड ५ एन्ड्रोइड ट्याब्लेटको घोषणा गरेको छ। यो डिभाइसहरू चीनमा फाइन्ड एक्स९ र फाइन्ड एक्स९ प्रोसँगै अनावरण गरिएको छ।
प्याड ५ ट्याब्लेटमा रहेको १२.१ इन्चको एलसीडी डिस्प्लेमा ३००० × २१२० पिक्सेल रिजोल्युसन र १४४ हर्जको रिफ्रेस रेट रहेको छ। स्क्रिनले ९०० निट्सको पिक ब्राइटनेस (अधिकतम चमक), डल्बी भिजन समर्थन र ७ः५ आसपेक्ट रेसियो प्रदान गर्दछ।
यो ट्याब्लेट मिडियाटेक डाइमेन्सिटी ९४००+ एसओसीद्वारा संचालित छ जुन इमोर्टालिस जी९२५ एमसी१२ जीपीयूसँग जोडिएको छ। मेमोरी र स्टोरेजको लागि, ओप्पो प्याड ५ ले १६जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ४.१ स्टोरेज प्रदान गर्दछ।
ट्याब्लेटको पछाडि ८ मेगापिक्सेलको क्यामरा रहेको छ भने सेल्फी र भिडियो कलिङको लागि अगाडि अर्को ८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। प्याड ५ मा रहेको १०,४२०एमएएच ब्याट्रीले ६७ वाट वायर्ड फास्ट चार्जिङ समर्थन गर्दछ।
ओप्पो प्याड ५ को थिकनेस ५.९९ एमएम र तौल ५७७ ग्राम रहेको छ। यो ६ ओटा स्पिकरहरू पनि रहेको र एन्ड्रोइड १६–आधारित कलरओएस १६ चलाउने बताइएको छ। यो ट्याब्लेट लकी पर्पल, ग्यालेक्सी सिल्भर र स्पेस ग्रे रङ्गहरूमा उपलब्ध हुने जनाइएको छ।
ओप्पो प्याड ५ को ८जीबी/१२८जीबी भेरियन्टको मूल्य २,५९९ चिनियाँ युआन (३६५ अमेरिकी डलर) बाट सुरु हुनेछ। ८जीबी/२५६जीबी विकल्पको मूल्य २,७९९ चिनियाँ युआन (३९५ अमेरिकी डलर) छ भने १२जीबी/२५६जीबी मोडेलको मूल्य ३,०९९ चिनियाँ युआन (४३५ अमेरिकी डलर) कायम गरिएको छ। १६जीबी/५१२जीबी विकल्पको मूल्य ३,५९९ चिनियाँ युआन (५०५ अमेरिकी डलर) रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १ कार्तिक २०८२, शनिबार