कालीकोटमा कुराकानी गर्न अझै मोबाइल छानामाथि राख्नुपर्ने बाध्यता

  • Technology Khabar | ३१ आश्विन २०८२, शुक्रबार
कालीकोटमा कुराकानी गर्न अझै मोबाइल छानामाथि राख्नुपर्ने बाध्यता
बिङ एआईमार्फत् निर्मित

काठमाडौं ।

कालीकोट जिल्लाका केही ठाउँमा मोबाइल सेवा सहज नचल्दा नागरिक अझै पनि मोबाइल फोन सम्पर्कभन्दा बाहिर छन्। जिल्लामा फोरजी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवासमेत सहज रूपमा चल्न सकेको छैन। फोन सेवा सहज नहुँदा आफन्तसँग कुरा गर्न घरको छाना वा बसेको स्थानबाट माथि अग्लो पाखातिर जानुपर्ने बाध्यता छ।

खाँडाचक्र नगरपालिका-५, पाँखाको सेराबाडा बजार, तिलागुफा नगरपालिकाको बाली बजार, नाग्म बजार, धनाडा गाउँ र पलाँता गाउँपालिकाको बाखे बजार, पचालझरना गाउँपालिकाको जारकोट बजार
क्षेत्रमा समेत मोबाइल सेवा भनेको समयमा चल्दैन।

आफन्तसँग मोबाइल फोन सम्पर्कमार्फत कुरा गर्नका लागि केही ठाउँमा घरको छानामाथि पिटपिटे सामान्य मोबाइल राख्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

खाँडाचक्र नगरपालिका-८ को सेराबाडा बजारको मल्ल होटेलमाथि छानामा जहिले पनि मोबाइल फोनको सादा सेट राखिएको हुन्छ। होटेलमा खाना खान आउनेदेखि सुर्खेतमा रहेका छोराछोरी तथा आफन्तसँग सम्पर्क होस् भनेर होटेल सञ्चालकले घरको छानामा बिहानदेखि साँझसम्म मोबाइल सेट ठाडो पारेर राख्दै आएका छन्।

होटेल सञ्चालक खगेन्द्र मल्लले कालीकोटमा मोबाइल सेवा सुरु भएको २०६४ सालदेखि नै यहाँ यसरी मोबाइलको टावर राख्नका लागि धेरै पटक माग गरिए पनि सरोकारवाला पक्षले चासो नदिएपछि सेराबाडालगायत धनाडा, नाग्म र बाली बजारका नागरिक फोन गर्नका लागि कि माथि गाउँतिर जानुपर्ने अवस्था रहेको कि घरको छानामा जानुपर्ने राखेर सम्पर्क गर्ने गर्नु परेको बताए।

मोबाइलको टावर राख्नका लागि धेरै पटक माग गरिए पनि सरोकारवाला पक्षले चासो नदिएपछि सेराबाडालगायत धनाडा, नाग्म र बाली बजारका नागरिक फोन गर्नका लागि कि माथि गाउँतिर जानुपर्ने अवस्था रहेको कि
घरको छानामा जानुपर्ने उनले जनाए।

कर्णाली प्रदेश सभा सदस्य दुर्गबहादुर रावतले २०७६ सालतिर तत्कालीन सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामार्फत कालीकोटमा ६ ठाउँमा मोबाइलका टावर निर्माण गर्ने कुरा भए पनि लगत्तै मन्त्रीले राजीनामा दिएकाले अहिलेसम्म काम हुन नसकेको बताए।

उनले टावर राख्नका लागि आफूहरूले प्रयास गरिरहेको भन्दै दुई ठाउँमा टावर बनेको तर भने अनुसार सहज रूपमा सम्पर्क नहुने समस्या भएको उल्लेख गरे।

नाग्ममा भने जुम्ला जिल्लाको टावरले काम गरिरहेको छ। फोइमहादेवमा पनि टावर त बनेको छ तर त्यसले तिलानदी किनारमा काम नगरेका कारणले अझै नागरिक सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन्।

आजको गोरखापत्रबाट

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार