नयाँ ग्यालेक्सी स्मार्टफोनहरूमा आकर्षक मल्टी-बाइ अफर: ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ५३ प्रतिशतसम्मको छुट

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।

यो विशेष मल्टिबाइ अफर ले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउँछ।

यी उपकरणहरू रक्तचाप र ईसीजीजस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन्।

एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने “सामसङमा, हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ। यस मल्टी-बाइ अफर मार्फत, हामी हाम्रा ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहन्छौं, स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्म; सबै एउटै एकीकृत इकोसिस्टम भित्र ।

कम्पनीका अनुसार यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रियाका लागि नागरिकता प्रमाणपत्र भए पुग्छ।

यो विशेष मल्टी-बाइ अफर लिनका लागि यी सजिला स्टेपहरू पूरा गर्नुपर्छ

स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्

स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
स्टेप ३: दर्ता गरी रु. २००० को अग्रिम रकम भुक्तानी गर्नुहोस्
स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्
स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्

उपलब्धता

 

स्मार्टफोनवेरेबलस्मार्टफोनवेरेबल
ग्यालेक्सी जेड फोल्ड७वाच ८ क्लासिक

वाच ८

वाच ७

वाच ६ क्लासिक

वाच ६

बड्स३ प्रो

बड्स३

ग्यालेक्सी ए५६वाच ८

वाच ७

वाच ६

वाच एफइ

बड्स३

बड्स३ एफइ

बड्स कोर

 

ग्यालेक्सी जेड फ्लिप७ग्यालेक्सी ए३६
ग्यालेक्सी जेड फोल्ड६ग्यालेक्सी ए२६
ग्यालेक्सी जेड फ्लिप६ग्यालेक्सी ए१७
ग्यालेक्सी एस२५ अल्ट्राग्यालेक्सी ए१६
ग्यालेक्सी एस२५+ग्यालेक्सी एम३६
ग्यालेक्सी एस२५ग्यालेक्सी एम१७
ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबीग्यालेक्सी एम१६
ग्यालेक्सी एस२५ एफइ
ग्यालेक्सी एस२४ एफइ

 

मोडलएम आर पी (रु)अफर मूल्य (रु)छुट (%)ग्राहकको लागि मूल्य
वाच६४४,९९९३५,९९९२०%९,०००
वाच६ क्लासिक६४,९९९५१,९९९२०%१३,०००
वाच७ ४० एमएम४४,९९९३५,९९९२०%९,०००
वाच७ ४४ एमएम४९,९९९३९,९९९२०%१०,०००
वाच एफइ३५,३९९२८,२९९२०%७,१००
वाच८ ४० एमएम५४,९९९३९,९९९२७%१५,०००
वाच८ ४४ एमएम५९,९९९४४,९९९२५%१५,०००
वाच८ क्लासिक७४,९९९५४,९९९२७%२०,०००
बड्स३२२,९९९१५,९९९३०%७,०००
बड्स३ प्रो३१,९९९२०,९९९३४%११,०००
बड्स कोर७,३९९३,४९९५३%३,९००
बड्स३ एफइ१९,९९९१२,९९९३५%७,०००

 

 

 

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया