एप्पलको एम५ चिप भएका पहिलो प्रोडक्टहरूले यस हप्ता डेब्यू गर्ने सम्भावना

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

एप्पलले नयाँ म्याकबुक प्रो, आईप्याड प्रो र भिजन प्रो प्रस्तुत गर्ने रिपोर्ट गरिएको छ र सबै प्रोडक्टहरूमा नवीनतम एप्पल सिलिकन हुने अपेक्षा गरिएको छ।

एप्पलले यस हप्तामा छिट्टै एम५ चिपद्वारा संचालित नयाँ प्रोडक्ट (उत्पादन) हरूको अक्टोबर लाइनअप जारी गर्न तयारी गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्।

पछिल्लो पावर अन न्यूजलेटरमा, गर्मनले अपग्रेड गरिएको आईप्याड प्रो, रिभ्याम्प गरिएको स्ट्र्याप भएको रिफ्रेस गरिएको भिजन प्रो र म्याकबुक प्रोको नयाँ बेस मोडेल घोषणाको अपेक्षा गरिएको बताएका छन्। साथै उक्त सबै प्रोडक्टहरू नवीनतम एप्पल सिलिकनसँग आउने उल्लेख गरिएको छ।

यस अघि, एम५ म्याकबुक प्रोको लागि अपेक्षित लन्च अर्को वर्षको सुरुमा र यसको सामान्य फल रिलीजको बीचमा फेर–बदल भएको थियो। एप्पलले अपग्रेड गरिएको म्याकबुक प्रोको लागि २०२६ को प्रारम्भिक रिलीजलाई लक्षित गरिरहेको भनि गर्मनले पहिले नै रिपोर्ट गरेका थिए भने हालसालै कम्पनीले आफ्नो ल्यापटपहरूको लागि “ठूलो उत्पादनको नजिक” रहेको खुलासा गरेको छ।

एप्पल स्टोरहरूमा एम४ म्याकबुक प्रो स्टक कम भइरहेको हुनाले इन्ट्री–लेभल एम५ म्याकबुक प्रो आउने बाटोमा रहेको अर्को संकेत गर्मनले उल्लेख गरेका छन् र अझै पनि एम४ प्रो वा एम४ म्याक्स विकल्पहरूको साथ पर्याप्त इन्भेन्टरी रहेको उल्लेख गरिएको छ।

गर्मनले आफ्नो न्यूजलेटरको अघिल्लो संस्करणमा एम५ प्रो र एम५ म्याक्स चिपहरू अर्को वर्षको सुरुसम्म “ठूलो मात्रामा तयार” हुने छैनन् भनि उल्लेख गरेका थिए। अक्टोबर रिलीजको सन्दर्भमा, एप्पलले आफ्नो आईफोन १७ को खुलासाको लागि गरे जस्तै अर्को कार्यक्रमको अपेक्षा नगरिएको बताइएको छ।

त्यसको सट्टा एप्पलले सम्भवतः अनलाइन घोषणाहरूमार्फत आफ्नो बाँकी फल लाइनअप प्रस्तुत गर्ने अपेक्षा गरिएको छ जुन कम्पनीले गत वर्षको अक्टोबरमा हालको म्याकबुक प्रोको साथ गरेको थियो भनि इन्ग्याजेटले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया