सामसङ प्रोजेक्ट मूहान एक्सआर हेडसेटको लन्च मिति आधिकारिक रूपमा घोषणा

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

सामसङको प्रोजेक्ट मूहान कोडनेम रहेको पहिलो एन्ड्रोइड एक्सआर हेडसेट सेप्टेम्बर २९ मा लन्च हुने हल्ला थियो। तर त्यस्तो भएन र त्यसपछिका अफवाहहरूले हेडसेट अक्टोबर २१ वा अक्टोबर २२ मा लन्च हुने दाबी गरेका थिए।

ती अफवाहहरू मध्ये एक अफवाह भने सत्य साबित भएको छ र सामसङले प्रोजेक्ट मूहान अक्टोबर २१ मा ग्यालेक्सी कार्यक्रमको समयमा लन्च गरिने घोषणा गरेको छ।

सामसङको उक्त कार्यक्रम राति १० बजे (ईस्टर्न टाईम) सुरु हुनेछ र यो सामसङको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ।

कोरियाली ब्राण्डले प्रोजेक्ट मुहानको मार्केटिङ नाम भने खुलाएको छैन र अफवाहहरूले यसलाई ग्यालेक्सी एक्सआर भनिने दाबी गरेका छन् जुन अर्थपूर्ण भएको उल्लेख गरिएको छ।

प्रोजेक्ट मुहान सामसङद्वारा क्वालकम र गुगलसँगको साझेदारीमा विकसित गरिएको एन्ड्रोइड एक्सआर हेडसेट हो। हेडसेट स्न्यापड्रागन एक्सआर२+ जेन २ चिपद्वारा संचालित हुनेछ र एन्ड्रोइड एक्सआर चलाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया