अर्को वर्ष लण्डनमा रोबोट्याक्सी सञ्चालन गर्ने योजनामा वेमो

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

वेमोले सन् २०२६ मा लन्डनमा व्यावसायिक रोबोट्याक्सी सेवा सुरू गर्ने बुधबार घोषणा गरेको छ। यो एलबेफाबेट स्वामित्वको कम्पनीको टोकियोपछि दोस्रो अन्तर्राष्ट्रिय विस्तार हुनेछ।

गत केही हप्तादेखि लन्डनमा आधारित रोजगार विज्ञापनहरूका कारण यसबारे अड्कलबाजी चलिरहेको थियो। वेइमोको बेलायतसँग पहिल्यै सम्बन्ध छ ।

सन् २०१९ मा कम्पनीले ओक्सफोर्ड विश्वविद्यालयको कम्प्युटर विज्ञान विभागबाट छुट्टिएको बेलायती स्टार्टअप ‘लेटेन्ट लजिक’ लाई खरिद गरेको थियो, जसले ‘इमिटेशन लर्निङ’ नामक मेसिन लर्निङ प्रविधि प्रयोग गरी स्वचालित सवारी परीक्षणलाई यथार्थपरक बनाउने काम गर्छ। उक्त खरिदपछि वेइमोले ओक्सफोर्डमा इन्जिनियरिङ हब पनि स्थापना गरेको थियो।

कम्पनीले आफ्नो ब्लगमा जनाएको अनुसार, जेमिनी प्रविधियुक्त पूर्णतया विद्युतीय ‘ज्यागुअर आई-पेस’ सवारीसाधनहरू केही हप्ताभित्र लन्डनका सार्वजनिक सडकमा चल्न थालेका देखिनेछन्। सुरुमा ती सवारीमा मानवीय सुरक्षा चालक हुनेछन्।

त्यसपछि कम्पनीले चालकविहीन परीक्षण सुरू गर्ने र अन्ततः सर्वसाधारणका लागि रोबोट्याक्सी सेवा उपलब्ध गराउने योजना बनाएको छ। यही रणनीति वेइमोले फिनिक्स र सान फ्रान्सिस्कोजस्ता अन्य बजारमा पनि अपनाएको छ।

वेइमोले मानवीय सुरक्षा चालक कहिले हटाउने वा परीक्षण फ्लीटको आकार कति हुने भन्ने विवरण खुलाएको छैन। तर कम्पनीका प्रवक्ता इथन टेइचरले वेइमोले आगामी वर्ष सर्वसाधारणका लागि स्वचालित सवारी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको पुष्टि गरेका छन्।

रोबोट्याक्सी सेवा २०२६ मा कहिले सुरू हुन्छ भन्ने कुरा युके सरकारले स्वचालित सवारी सञ्चालनका लागि स्वीकृति प्रक्रिया कहिले पूरा गर्छ भन्नेमा निर्भर रहनेछ।

वेइमोले रोबोट्याक्सी सेवा सञ्चालनमा साझेदारहरूलाई संलग्न गराउँदै आएको छ र लन्डनमा पनि फिनिक्समा आफ्ना स्वचालित सवारीसाधन व्यवस्थापन गर्ने कम्पनी ‘मूभ’ सँग सहकार्य गर्ने योजना बनाएको छ।

अस्टिन र एटलान्टामा वेइमोको साझेदार कम्पनी उबरले चालकविहीन सवारीको स्वामित्व र सञ्चालनको जिम्मेवारी बाँडेको छ। उबरले ती सवारीहरू चार्ज, मर्मत, सरसफाइ र आफ्नो एपमार्फत पहुँच व्यवस्थापन गर्छ । यसैबीच वेइमोले प्रविधि, स्वचालित सञ्चालन, सडक सहायतासहितका केही यात्री समर्थनका पक्षहरू व्यवस्थापन गर्छ ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया