मोटो जी१०० सार्वजनिक; स्न्यापड्रागन ७एस जेन २ र ७,००० एमएएच ब्याट्री समावेश

Technology Khabar २९ आश्विन २०८२, बुधबार

काठमाडौं ।

मोटोरोलाले गत जुलाईमा मोटो जी१०० प्रोलाई चीनमा मोटो जी८६ पावरको पुनः ब्रान्ड गरिएको संस्करणको रूपमा प्रस्तुत गरेको थियो। फोनमा व्यावहारिक प्रयोगकर्ताहरूलाई लक्षित गरी ठूलो ब्याट्री र मध्यम–दायरा हार्डवेयर समावेश गरिएको थियो।

अब, ब्राण्डले चीनमा मोटो जी१०० चुपचाप लन्च गरेको छ। आकर्षक मूल्य बिन्दुको साथ मोटो जी१०० ले भरपर्दो प्रदर्शन र लामो समयसम्म टिक्ने पावर मन पराउनेहरूका लागि प्रमुख हार्डवेयर अपग्रेडहरू प्रस्तुत गरेको छ।

मोटो जी१०० को स्पेसिफिकेसन र सुविधाहरूः

मोटो जी१०० मा २४०० × १०८० पिक्सेलको रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.७२ इन्चको फुल एचडी+ एलसीडी स्क्रिन रहेको छ। यस स्क्रिनले १०५०निट्स सम्मको पिक ब्राइटनेस प्रदान गर्दछ र आँखाको राम्रो आरामको लागि डीसी डिमिङलाई समर्थन गर्दछ जसलाई कम्पनीले “भिजुअल फ्याटिग रिडक्सन” डिस्प्लेको रूपमा वर्णन गरेको छ।

डिभाइसमा ब्यालेन्स्ड डियो एक्सपिरियन्सको लागि डुअल स्टेरियो स्पिकरहरू पनि समावेश गरिएका छन्।

मोटो जी१०० मा ४एनएम प्रक्रियामा निर्मित स्न्यापड्रागन ७एस जेन २ चिपसेट समावेश गरिएको छ जसले सुधारिएको पर्फर्मेन्स र इफिसियन्सी सुनिश्चित गर्दछ। डिभाइस १२जीबीको एलपीडीडीआर४एक्स र्याम र २५६जीबीको यूएफएस २.२ स्टोरेजको साथ आउने बताइएको छ भने माइक्रोएसडी विस्तारको लागि कुनै समर्थन उपलब्ध नभएको उल्लेख गरिएको छ।

फोनमा विशाल ७,०००एमएएच ब्याट्री समावेश गरिएको छ जसले यूएसबी टाइप–सी पोर्ट मार्फत ३०वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ। यो स्मुथ पर्फर्मेन्सको लागि मोटोरोलाको नजिकको स्टक इन्टरफेसको साथ एन्ड्रोइड १५ मा चल्ने उल्लेख गरिएको छ।

फोटोग्राफीको लागि, मोटो जी१०० मा ५०–मेगापिक्सेल सोनी एलवाईटी–६०० मुख्य सेन्सर र पछाडि ८–मेगापिक्सेल अल्ट्रा–वाइड म्याक्रो लेन्स समावेश गरिएको छ।

डिभाइसको अगाडि सेल्फी र भिडियो कलहरूको लागि ३२–मेगापिक्सेलको क्यामरा उपलब्ध रहेको छ। अन्य सुविधाहरूमा एनएफसी समर्थन, साइड–माउन्टेड फिङ्गरप्रिन्ट रिकगनिसन, ग्रेफाइट कूलिङ र आईपी६४ धुलो र स्प्ल्याश प्रतिरोध समावेश रहेका छन्।

फोनको मापन १६६.२३ × ७६.५ × ८.६ एमएम र तौल २१० ग्राम रहेको छ भने पछाडिको भाग एयर न्यानो छालाबाट बनेको छ जसले प्रिमियम अनुभूति प्रदान गर्ने जनाइएको छ।

मोटो जी१०० को मूल्य र उपलब्धताः

मोटो जी१०० को १२जीबी + २५६जीबी भेरियन्टको मूल्य १,३३९ युआन (१८८ अमेरिकी डलर) कायम गरिएको छ। यो डिभाइस ओब्सिडियन ब्ल्याक, स्काई ब्लू र एमराल्ड ग्रीन रङ्गमा आउने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया