Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
एप्पलले आफ्नो इन–हाउस स्ट्रिमिङ प्लेटफर्म एप्पल टिभी+ लाई अब एप्पल टिभी भनिने घोषणा गरेको छ। रिब्रान्ड तुरुन्तै प्रभावकारी हुने र एफ१ः द मुभीको स्ट्रिमिङ रिलीजको लागि प्रेस विज्ञप्ति भित्र लुकाइएको उल्लेख गरिएको छ।
यो कदमले केही भ्रम पैदा गर्दछ किनकि एप्पल टिभी अब स्ट्रिमिङ सेवा अन्तर्गत तपाईंले स्ट्रिम गर्ने एप र एप्पलले अझै पनि बिक्री गर्ने एप्पल टिभी फोरकके सेट–टप–बक्स डिभाइसको लागि प्रयोग गरिने भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एप्पल टिभी+ अब केवल एप्पल टिभी भएको छ, एक जीवन्त नयाँ पहिचानको साथ। एप्पल टिभीमा यसको विश्वव्यापी स्ट्रिमिङ डेब्यू अघि, फिल्म एप्पल टिभी एप, अमेजन प्राइम भिडियो, फ्यान्डाङ्गो एट होम र थप सहित सहभागी डिजिटल प्लेटफर्महरूमा खरिदको लागि उपलब्ध छ भनि उल्लेख गरिएको छ।
रोचक कुरा के छ भने, नामकरण परिवर्तन भने अझै सम्म पनि एप्पल टिभी ल्यान्डिङ पेजमा देखिएको उल्लेख गरिएको छ।
यद्यपि, एप्पलले आईओएस २६.१ बिटा ३ मा आफ्नो नयाँ एप्पल टिभी एप आइकन लन्च गरेको छ जसमा आइकन भित्र रङहरू समावेश गरिएका छन्।
प्रकाशित: २९ आश्विन २०८२, बुधबार