सिमकार्ड बिक्री वितरण गर्ने डिलर तथा खुद्रा बिक्रेता/पीओएसले भुक्तानी लिन नेपाल डिजिटल पेमेन्ट कम्पनीमा केवाईसी अपडेट गर्नुपर्ने

  • Technology Khabar | २८ आश्विन २०८२, मंगलवार
सिमकार्ड बिक्री वितरण गर्ने डिलर तथा खुद्रा बिक्रेता/पीओएसले भुक्तानी लिन नेपाल डिजिटल पेमेन्ट कम्पनीमा केवाईसी अपडेट गर्नुपर्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले सिमकार्ड बिक्री वितरण गर्ने डिलर तथा खुद्रा बिक्रेता/पीओएस (पोइन्ट अफ सेल्स) हरूका सेवा शुल्क तथा भुक्तानी सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

कम्पनीले २०८१ साल असोज महिनादेखि लागू हुने गरी सिमकार्ड बिक्रीमा लाग्ने सेवा शुल्क भुक्तानी “नमस्ते पे वालेट मार्फत हुने व्यवस्था गरेको हो। यसअघि प्रचलित भुक्तानी प्रणालीमा परिवर्तन गर्दै कम्पनीले अब सबै भुक्तानी प्रक्रिया नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनपीडीसी) मार्फत अनिवार्य रूपमा गर्नुपर्ने भएको हो।

नेपाल टेलिकमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी एनपीडीसी को प्रणाली प्रयोग गरेर भुक्तानी गर्दा मात्र सिमकार्ड बिक्री वितरण कार्यको सेवा शुल्क मान्य हुने जनाउँदै सबै खुद्रा बिक्रेता/पीओएसहरूलाई एनपीडीसीमा अनिवार्य रुपमा केवाईसी अपडेट गर्नुपर्ने सूचित गरेको हो।

कम्पनीले सबै डिलर र बिक्रेताहरुलाई समयमै आवश्यक तयारी पूरा गरी नयाँ भुक्तानी प्रणालीमा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • २८ आश्विन २०८२, मंगलवार