जाजरकोटको बारेकोटमा दुई हप्तापछि टेलिफोन सेवा नियमित

  • Technology Khabar | २८ आश्विन २०८२, मंगलवार
जाजरकोटको बारेकोटमा दुई हप्तापछि टेलिफोन सेवा नियमित
बिङ एआईमार्फत् निर्मित सांकेतिक तस्बिर।

काठमाडौं ।

जाजरकोटको बारेकोटमा दुई हप्तापछि टेलिफोन सेवा सञ्चालनमा आएको छ। यही असोज ८ गते बारेकोट गाउँपालिका-५. रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुऱ्याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो।

आइतबारदेखि टेलिफोन सेवा सुचारु भएपछि त्यहाँका नागरिकलाई राहत महसुस भएको छ। बारेकोटको ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले दसैँअगाडि गएको टेलिफोन सेवा तिहारको पूर्वसन्ध्यामा आउँदा खुसी लागेको बताए।

बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर मल्ल लामो अवधिसम्म टेलिफोन सेवा अवरुद्ध हुँदा पालिकाका सबै कामकाज प्रभावित भएको बताउँछन्। दूरसञ्चार कार्यालय जाजरकोटका प्रशासन प्रमुख हरि केसीका अनुसार चट्याङले डिभाइसमा क्षति पुगेको र डिभाइस काठमाडौँबाट ल्याउनुपर्ने भएकाले सेवा सञ्चालनमा केही समय ढिलाइ भएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...