Technology Khabar २५ आश्विन २०८२, शनिबार
काठमाडौं ।
डेनमार्कका प्रधानमन्त्रीका अनुसार डेनिस सरकारले १५ वर्ष मुनिका बालबालिकाका लागि केही सामाजिक सञ्जाल एपहरू प्रतिबन्ध लगाउने प्रस्ताव गरिरहेको छ।
“मोबाइल फोन र सामाजिक सञ्जालले हाम्रो बाल्यकाल चोरिरहेको छ” मेट्टे फ्रेडरिक्सनले मंगलबार डेनमार्कको संसदमा बताइन्।
यस वर्षको सुरुमा डेनमार्कको कल्याण आयोगले प्रकाशित गरेको एक अध्ययनले देशका ९४ प्रतिशत बालबालिकाहरूको १३ वर्ष पुग्नुअघि नै सामाजिक सञ्जाल प्रोफाइल रहेको पत्ता लगाएको र यो धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूको लागि न्यूनतम उमेर भएको रिपोर्ट गरिएको छ।
त्यसैगरी अध्ययनले ९ देखि १४ वर्ष उमेरका बालबालिकाकाहरूले टिकटक र युट्युबमा दिनको औसत तीन घण्टा बिताएको पनि पत्ता लगाएको छ।
फ्रेडरिक्सनले प्रतिबन्ध कसरी लागू हुनेछ भन्ने बारेमा विवरण प्रदान नगरे पनि उनको प्रस्तावको लागि केही सार्वजनिक समर्थन प्राप्त भएको उल्लेख गरिएको छ। त्यसका साथै यो समस्या अस्ट्रेलियाले सामना गरिरहेको थप उल्लेख गरिएको छ।
सन् २०२४ मा, डेनमार्कका ५०,००० मानिसहरूले टिकटक, स्न्यापच्याट र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउन आह्वान गर्दै हस्ताक्षर गरेका थिए।
आमाबाबुले आफ्ना बच्चाहरूलाई १३ वर्षको उमेरदेखि नै खाता खोल्न अनुमति दिन सक्षम हुनुपर्छ भनि फ्रेडरिक्सेनले बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ आश्विन २०८२, शनिबार