Technology Khabar २५ आश्विन २०८२, शनिबार
काठमाडौं ।
मोटोरोलाले नोभेम्बर ५ मा आफ्नो एज ७० (चीनमा मोटो एक्स७० एयर भनिने) लन्च गर्ने तयारी गरिरहेको छ। तर अर्को महिनाको घोषणा हुनुभन्दा अगाडि नै फोन पोलिश खुद्रा बिक्रेताको वेबसाइटमा देखा परेको छ। उक्त सूची विस्तृत स्पेक सिट र धेरैओटा प्रोडक्ट तस्बिरहरूसँग आएको उल्लेख गरिएको छ।
एज ७० को मापन १६० × ७५ × ६ एमएम रहने बताइएको छ। यसको मतलब एज ७० सामसङ ग्यालेक्सी एस२५ एज र आईफोन एयर भन्दा अलि अग्लो र अलि बाक्लो हुनेछ। यद्यपि वास्तविक जीवनमा भने यो भिन्नता याद गर्न गाह्रो हुने शंका गरिएको छ।
साथै सूचीका अनुसार डिभाइसको तौल १७० ग्राम हुनेछ जुन यसको प्रतिस्पर्धीहरू भन्दा अलि बढी भएको रिपोर्ट गरिएको छ।
एज ७० ले १२२० × २७१२ पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको साथ ६.६७ इन्चको ओएलईडी ल्याउने बताइएको छ। डिभायसमा ५० मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र पछाडि दुईओटा ५० मेगापिक्सेल शूटरहरूको लागि पनि पुष्टिकरण प्राप्त भएको छ जसमध्ये मुख्य शूटरले ओआईएसलाई समर्थन गर्दछ।
एज ७० मा क्वालकमको स्न्यापड्रागन ७ जेन ४ चिपसेट १२ जीबी र्याम र ५१२ जीबी सम्मको स्टोरेज हुनेछ। यस डिभाइसमा ४,८०० एमएएच ब्याट्री हुनेछ जसले क्षमताको हिसाबले एस२५ एज र आईफोन एयर दुवैलाई उछिनेको छ। साथै डिभाइसको ब्याट्रीले ६८ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङको लागि समर्थन पनि प्रदान गर्नेछ।
लिस्टङ (सूची) ले न्यानो–सिम र दोस्रो ईएसआईएमको साथ डुअल सिम समर्थन हुने पुष्टि गरेको छ। एज ७० ले एन्ड्रोइड १६ लाई बुट गर्नेछ जुन सम्भवतः यसको हेलो यूआई माथि हुने बताइएको छ।
एज ७० प्यान्टोन ब्रोन्ज ग्रीन रङ्गमा उपलब्ध हुनेछ, जुन सूचीमा देखा परेको रङ्गको साथै पहिले लीक गरिएको प्यान्टोन ग्याजेट ग्रे र लिली प्याड भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ आश्विन २०८२, शनिबार