शाओमी नेपालले ल्यायो रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुटको अफर

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ। यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ।

रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुटबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “यस रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ। यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो वाचा पुनः दोहोर्याउने प्रयास हो। साथै यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने छ। अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ।”

कम्पनीले ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेको जनाएको छ जसले ग्राहकहरुलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ।

रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य 

रेड्मी नोट १४

• ६ जीबी + १२८ जीबी: रु. २४,९९९ → रु. २३,९९९
• ८ जीबी + २५६ जीबी: रु. २७,९९९ → रु. २६,९९९

रेड्मी नोट १४ (फाइभजी)

• ८ जीबी + २५६ जीबी: रु. ३०,९९९ → रु. २९,९९९
• १२ जीबी + ५१२ जीबी: रु. ३५,९९९ → रु. ३४,९९९

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पूरा गर्दै आएको कम्पनीको दावी छ।

कम्पनीका अनुसार संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको र नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया