अब एक्सको भेरिफाइड अर्गनाइजेशन्सको नाम ‘प्रिमियम बिजनेस’ र ‘प्रिमियम अर्गनाइजेशन्स’ हुने

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

माइक्रो ब्लगिङ सामाजिक सञ्जाल एक्सले मंगलबार आफ्नो व्यवसाय र सरकारी निकायका लागि उपलब्ध प्रिमियम सदस्यता योजना ‘भेरिफाइड अर्गनाइजेशन्स’ को नाम परिवर्तन गरी यसलाई दुई भागमा विभाजन गर्ने घोषणा गरेको छ — ‘प्रिमियम अर्गनाइजेशन्सर ‘प्रिमियम अर्गनाइजेशन्स’।

‘प्रिमियम अर्गनाइजेशन्स’ योजना सरकारी तथा बहुपक्षीय संस्थाका लागि हो र यसमा ग्रे टिकमार्क हुनेछ, जबकि ‘प्रिमियम अर्गनाइजेशन्स व्यवसायिक प्रयोजनका लागि तयार गरिएको हो, जसमा गोल्ड टिकमार्क दिइनेछ।

एक्सका अनुसार ‘प्रिमियम अर्गनाइजेशन्सयोजनाले साना व्यवसाय, स्टार्टअपदेखि ठूला बहुराष्ट्रिय कम्पनीसम्मलाई आफ्नो व्यापार विस्तार गर्न सहयोग गर्ने नयाँ उपकरणहरू प्रदान गर्छ। यो योजनाका तीन स्तर छन् — बेसिक, फुल एक्सेस, र इन्टरप्राइज।

कम्पनीले ‘प्रिमियम अर्गनाइजेशन्सले गोल्ड टिकमार्कमार्फत विश्वसनीयता बढाउने र अफिलिएट ब्याजमार्फत दृश्यता बढाउने बताएको छ। यसमा नक्कली खाताविरुद्ध सुरक्षा उपकरण, र छिटो मानवीय सहयोग प्रणाली पनि समावेश छन्।

यस योजनामा भर्ती (हायरिङ) का उपकरण, ब्रान्ड र उद्योगसम्बन्धी वास्तविक समय निगरानी, ‘सुपरग्रोक’ पहुँच लगायतका सुविधाहरू उपलब्ध हुनेछन्।

चाँडै ‘प्रिमियम अर्गनाइजेशन्स प्रयोगकर्ताले ‘प्रायोरिटी ह्याण्डल’ मा पहुँच पाउने र ‘हाइ-भ्यालु ह्याण्डल्स’ खरिद गर्न सकिने मार्केटप्लेस पनि प्रयोग गर्न सक्ने एक्सले बताएको छ। कम्पनीले टेकक्रन्चलाई पठाएको इमेलमा जनाएको अनुसार, ‘प्रायोरिटी ह्याण्डल’ अन्तर्गत निष्क्रिय ह्यान्डलहरू निःशुल्क उपलब्ध गराइनेछन्, भने दुर्लभ वा बढी मूल्यवान ह्यान्डलहरू खरिदका लागि राखिनेछन्।

‘प्रिमियम बिजनेस बेसिक’ सदस्यताको शुल्क प्रति महिना २०० डलर रहनेछ, जसमा व्यवसाय स्थापनाका आधारभूत सुविधा समावेश छन्। ‘फुल एक्सेस’ स्तरको शुल्क प्रति महिना १,००० डलर हुनेछ, जसमा अफिलिएट सुविधा, छिटो सहयोग, ‘प्रायोरिटी ह्याण्डल्स’, नक्कली खाता सुरक्षा, र नयाँ सुविधामा प्रारम्भिक पहुँच पाइनेछ।

‘इन्टरप्राइज’ स्तरमा उन्नत उपकरण, खाता व्यवस्थापन, र व्यक्तिगत सहयोग प्रणाली हुनेछ। यसको शुल्क कम्पनीअनुसार फरक हुनेछ। यसैबीच, ‘प्रिमियम अर्गनाइजेशन्स’ योजना पनि प्रति महिना १,००० डलरमा उपलब्ध हुनेछ। एक्सका अनुसार सीमित समयका लागि प्रयोगकर्ताले आफ्नो सदस्यता शुल्क बराबरको विज्ञापन क्रेडिट प्राप्त गर्न सक्नेछन्।

“एक्स आफ्नो संस्थाको प्रभाव विस्तार गर्न र प्रत्यक्ष रूपमा जनतासँग जोडिन सबैभन्दा उपयुक्त स्थान हो,” एक्स इन्जिनियरिङका सेथ फुच्सले विज्ञप्तिमा भनेका छन्। “हामी ती संस्थाहरूका लागि निर्माण गर्दैछौं, जसले छिटो काम गर्न, सान्दर्भिक रहन र विश्वव्यापी संवादमञ्चमै बढ्न चाहन्छन्। र यो त केवल सुरुवात मात्र हो।”

सस्तो २०० डलरको योजना सहित नयाँ प्रिमियम स्तरहरू थपेर, एक्सले आफ्नो कमजोर विज्ञापन व्यवसायबाट हुने घाटा पूर्ति गर्दै राजस्व बढाउने प्रयास गरिरहेको देखिन्छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया