स्टार्टर मोटरमा खराबी आएको भन्दै बीएमडब्ल्यूले १ लाख ४५ हजारभन्दा बढी अमेरिकी गाडी रिकल गर्ने

Technology Khabar १९ आश्विन २०८२, आईतवार

काठमाडौं ।

अत्यधिक तातेको स्टार्टरले आगोको जोखिम बढाउन सक्ने भएकाले बिएमडब्लुले अमेरिकामा १,४५,००० भन्दा बढी सवारी साधनहरू फिर्ता बोलाइरहेको अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) ले बुधबार भनेको छ।

यो समस्याले २०२० ३४०आई, एक्स ७ र एक्स ५ मोडेलका सवारी साधनहरूलाई असर गर्ने अटो सुरक्षा नियामकले भन्यो।

रिकल गरिएका गाडीहरुमा बिएमडब्लु डिलरहरूले इन्जिन स्टार्टर नि:शुल्क बदल्ने एनएचटीएसएले सूचनामा भनेको छ।

प्रकाशित: १९ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया