Technology Khabar १२ आश्विन २०८२, आईतवार
काठमाडौं ।
नेपाली स्मार्टफोन बजारमा नयाँ रिभरसङ एस्ट्रो ८ फाइभजी स्मार्टफोन आइपुगेको छ। सिम्पल स्ट्रेटफर्वाड स्टाइल सहितको रिभरसङ एस्ट्रो ८ फाइभजीको नेपाली बजारमा मूल्य १६,४९९ रुपैयाँ पर्नेछ।
रिभरसङ एस्ट्रो ८ फाइभजीमा १६१२×७२० रिजोलुसन सहितको ६.७५ एचडी+ डिस्प्ले समावेश गरिएको छ। फोनमा अक्टा–कोर प्रोसेसरको साथमा ६जीबीको र्याम र १२८ जीबी स्टोरेज समावेश गरिएको छ।
रिभरसङ एस्ट्रो ८ फाइभजीको पछाडि ५० मेगापिक्सेल र २ मेगमपिक्सेलको रियर क्यामरा रहेको छ भने १६ मेगापिक्सेलको फ्रण्ट क्यामरा समावेश गरिएको छ। त्यसैगरी डिाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ जसले टाइप–सी चार्जिङलाई समर्थन गर्दछ।
रिभरसङ एस्ट्रो ८ फाइभजी गोल्डेन यल्लो र ओसियन ब्लू रङ्गमा उपलब्ध हुनेछ। रिभरसङ एस्ट्रो ८ फाइभजीको मापन १६७.४ ×७७.८×८.६एमएम रहेको छ भने डिभाइसले फिङ्गरप्रिण्ट र फेसआइडी लकलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १२ आश्विन २०८२, आईतवार