शिक्षा मन्त्री पुनको आग्रह- मन्त्रालयमा गतिलो र सिर्जनशील टिम गठन गर्दैछु, अनावश्यक फोन र म्यासेज नपठाउनुहोस्

Technology Khabar ८ आश्विन २०८२, बुधबार

शिक्षा मन्त्री पुनको आग्रह- मन्त्रालयमा गतिलो र सिर्जनशील टिम गठन गर्दैछु, अनावश्यक फोन र म्यासेज नपठाउनुहोस्

काठमाडौं ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई केही दिनका लागि फोन वा म्यासेज नगर्न आग्रह गरेका छन्। उनले मन्त्रालयमा प्रभावकारी र सिर्जनशील टिम गठनमा व्यस्त रहेको भन्दै अनावश्यकरुपमा सम्पर्क नगर्न आग्रह गरेका हुन्।

मन्त्री पुनले सामाजिक सञ्जाल एक्समार्फत् लेखेका छन्, “अस्तीदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सअपमा हजारौं कल र म्यासेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्नुहोस् र म्यासेज नपठाउनुहोस्।”

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन्। जिम्मेवारी सम्हालेसँगै उनले आफ्नो लागि मन्त्रालयमै खाने–बस्ने व्यवस्था मिलाएका छन्।

मन्त्री पुनले यसअघि आविष्कार केन्द्र भुईँमा सुत्ने गरेको भन्दै मन्त्रालयभित्र उपलब्ध गराइएको सुत्ने कोठा पाँचतारे होटलजस्तै सुविधायुक्त भएको बताएका छन्।

यसअघि, उनले मन्त्री नियुक्त भएपछि आफूलाई मन्त्री नभन्न र भन्न मनलागेमा कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह समेत गरेका थिए।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार