Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
सुजुकीले सन् २००३ पछि पहिलो पटक आफ्नो नयाँ लोगो प्रस्तुत गरेको छ। साथै यो नयाँ लोगोको साथ सुजुकी पनि अब उद्योगमा प्रभुत्व जमाएको “फ्ल्याट” डिजाइन प्रवृत्तिमा सामेल भएको छ।
सुजुकीको नयाँ लोगोले अब फ्ल्याट लुक र वातावरणमैत्री म्याट सिल्भर रङ्गको साथ क्लासिक “एस” सिलुएटलाई कायम राखेको छ।
अहिलेको डिजिटल युगमा लोगोहरू प्रायः साना स्क्रिनहरूमा प्रदर्शित हुने गरेकाले सुजुकीको यो शैली डिजिटल युगको लागि बढी उपयुक्त भएको विज्ञहरूले बताएका छन्।
लोगोमा गरिएको यो परिवर्तन “बाइ योर साइड” नारा अन्तर्गत नयाँ पहिचानको अंश भएको कम्पनीले उल्लेख गरेको छ।
नयाँ लोगो भने पहिलो पटक जापान मोबिलिटी शो २०२५ मा सुजुकी अवधारणाहरूमा देखिने रिपोर्ट गरिएको छ।
त्यसपछि यो नयाँ लोगो बिस्तारै विश्वव्यापी बजारहरूमा ब्राण्डका सबै मोडेलहरूमा लागू गरिने टेलीग्राफले रिपोर्ट गरिएको छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार