Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायलगायतका कार्यालयबाट हुनुपर्ने काम नभए वा कामका लागि घुस मागिएमा अर्थमन्त्री रामेश्वर खनाललाई सोझै ईमेल वा हटलाइन नम्बरमा जानकारी गराउन सकिने भएको छ।
मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सबैलाई जानकारी गराएको हो। ‘अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा ईमेलः [email protected], [email protected] र हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यस्था गरिएको व्यहोरा जानकारी गराईन्छ’, सूचनामा उल्लेख गरिएको छ।
मन्त्रालयले उपसचिव निरन भट्टराई (सम्पर्क नम्बर ९८५१४०५२६५) र शाखा अधिकृत पवित्रा ज्ञवाली (सम्पर्क नम्बर ९८५१४०५२७५) लाई सम्पर्क व्यक्ति पनि तोकेको छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार