Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
अर्बपति इलन मस्कको एक्सएआईले अघिल्लो संस्करणभन्दा छिटो र बढी दक्ष तर्क क्षमता भएको मोडेल ग्रोक ४ फास्ट सार्वजनिक गरेको छ। एक्सएआईका अनुसार ग्रोक ४ फास्टले औसतमा ४० प्रतिशत कम ‘थिङ्किङ टोकन’ प्रयोग गरेर पनि ग्रोक ४ जस्तै प्रदर्शन दिन सक्छ।
कोड लेख्ने काम होस् वा इन्टरनेट ब्राउज गरेर छिटो उत्तर दिने काम नै किन नहोस् छिटो नतिजासहित ग्रोक ४ फास्टले ग्रोक ४ जस्तै प्रदर्शन गर्न अग्रणी मापदण्डहरूमा ९८ प्रतिशत मूल्य घटाएको एक्सएआईले भनेको छ।
स्मार्ट र दक्ष मोडेल र गहिरो तर्क गर्ने मोडेलबीच अदल–बदल गर्ने ओपनएआईको जीपीटी–५ जस्तै एक्सएआईको नयाँ अपडेटले पनि एकीकृत संरचना ल्याएको छ जसले जटिल अनुरोधहरूलाई “तर्क गर्ने मोडेल” बाट र छिटो प्रतिक्रिया चाहिने अनुरोधलाई “तर्क नगर्ने मोडेल” बाट व्यवस्थापन गर्न सक्छ।
विभिन्न एआई मोडेललाई एक–अर्काविरुद्ध राखेर तुलना गर्ने एलएमअरिनामा गरिएको परीक्षणमा ग्रोक ४ फास्ट खोजीसम्बन्धी काममा पहिलो र पाठसम्बन्धी काममा आठौं स्थानमा परेको छ। एक्सएआईले ग्रोक ४ फास्टलाई सबै प्रयोगकर्ताहरूका लागि, निःशुल्क प्रयोगकर्तासहित, वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध गराएको छ।
तर एलएलएख प्रतिस्पर्धा तीव्र भइरहेकाले अब गुगलले नेक्स्ट–जेनेरेसन जेमिनी ल्याउने वा एन्थ्रोपिकले हालै जारी गरेको क्लाउड ओपस ४.१ भन्दा अगाडिको संस्करण सार्वजनिक गर्ने कुरा समयको मात्र पर्खाइ हुने देखिन्छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार