आन्तरिक राजस्व कार्यालय वीरगञ्जको कम्प्युटर तथा विद्युतीय उपकरणमा क्षति

Technology Khabar ५ आश्विन २०८२, आईतवार

आन्तरिक राजस्व कार्यालय वीरगञ्जको कम्प्युटर तथा विद्युतीय उपकरणमा क्षति

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक रु एक करोड मूल्य बराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ।

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ। आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

“कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ”, उनले भने, “कार्यालयका कम्प्युटर, प्रिन्टर्सलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ।”

कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ। यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ। रासस

प्रकाशित: ५ आश्विन २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार