शाओमी १७ प्रोको प्रोमो भिडियो लीक

Technology Khabar ५ आश्विन २०८२, आईतवार

शाओमी १७ प्रोको प्रोमो भिडियो लीक

काठमाडौं ।

शाओमी १७, १७ प्रो, र १७ प्रो म्याक्स यस महिना आधिकारिक रूपमा अनावरण हुने ब्रान्डले पुष्टि गरिसकेको छ। लन्च कार्यक्रम अघि, हालै ती डिभाइसहरूको बारेमा धेरै लीकहरू देखिरहेका छ। विगत २४ घण्टामा १७ प्रोको क्यामरा स्पेक्स लीक भएको छ र त्यसपछि यो गीकबेन्च डाटाबेसमा देखा परेको छ।

यसै क्रममा अब, १७ प्रोको एक प्रोमो भिडियो प्रसिद्ध लीकर आइस युनिभर्सले एक्समा सार्वजनिक गरेको छः

 

डिभाइसको रियर (पछाडिको) स्क्रिनको बारेमा फेरि एक पटक पुष्टि भएको छ। यो रियर स्क्रिन प्रो र प्रो म्याक्स (जुन दुवैमा छ) लाई भेनिला शाओमी १७ बाट फरक पार्ने मुख्य विशेषताहरू मध्ये एक हुने बताइएको छ।

शाओमी १७ प्रोमा अविश्वसनीय रूपमा सानो सिमेट्रिकल बेजेलसहितको ६.३ इन्चको ओएलईडी स्क्रिन, स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट र लाइका ब्रान्डिङसहितको ट्रिपल रियर क्यामरा प्रणाली (जुन माथिको लीक भिडियोमा धेरै स्पष्ट रूपमा देखिन्छ) हुने बताइएको छ। ट्रिपल रियर क्यामरा प्रणाली मा एफ/१.६७ एपर्चर भएको ५० मेगापिक्सेल मुख्य शूटर, १७एमएम फोकल लेन्थ भएको अल्ट्रावाइड, र एफ/३.० एपर्चर र ५× अप्टिकल जुम भएको टेलिफोटो क्यामरा समावेश हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ आश्विन २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया