Technology Khabar ५ आश्विन २०८२, आईतवार
काठमाडौं ।
एप्पलले लामो समयदेखि आईफोन चिप र कम मूल्यको नयाँ म्याकबुक तयार गरिरहेको हल्ला चलिरहेको छ। साथै एप्पलको सबैभन्दा सस्तो ल्यापटप अब चाँडै नै ठूलो मात्रामा उत्पादनमा प्रवेश गर्ने जस्तो देखिएको छ।
ए–सिरिज प्रोसेसरद्वारा संचालित थप किफायती म्याकबुक मोडेल यस वर्षको चौथो त्रैमासिकमा उत्पादनमा प्रवेश गने सक्छ भनि एप्पल आपूर्ति श्रृंखला विश्लेषक मिंग–ची कुओलाई उद्धृत गर्दै विदेशी मिडियाले उल्लेख गरेको छ।
यसको अर्थ एप्पलले यस वर्षको अन्त्यमा वा सन् २०२६ को सुरुमा अफवाह अनुसार ५९९ अमेरिकी डलरको मूल्यको साथ म्याकबुक लन्च गर्न सक्ने रिपोर्ट गरिएको छ।
गत जुन महिनामा एप्पलको सबैभन्दा सस्तो म्याकबुकको बारेमा पहिलो पटक अफवाह गरिएको थियो। त्यस ताका ल्यापटपमा ३३ इन्चको स्क्रिन र आईफोन १६ प्रो मोडेलहरूमा एप्पलले प्रयोग गरेको उही ए१८ प्रो चिप भएको हल्ला गरिएको थियो।
यो ल्यापटप गुलाबी, नीलो र पहेंलो रंगमा आउन सक्ने र हालको कुनै पनि म्याकबुक भन्दा उज्यालो रङ्गहरूमा पनि उपलब्ध हुन सक्ने बताइएको छ। साथै यो ल्यापटप थप क्लासिक चाँदीको भेरियन्ट पनि आउन सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ आश्विन २०८२, आईतवार