गुगलले एन्ड्रोइड एपमा ठगी गर्ने नेटवर्क बन्द गर्यो

Technology Khabar ४ आश्विन २०८२, शनिबार

गुगलले एन्ड्रोइड एपमा ठगी गर्ने नेटवर्क बन्द गर्यो

काठमाडौं ।

ह्युमनका अनुसन्धानकर्ताहरूसँगको सहकार्यमा गुगलले एन्ड्रोइड प्लेटफर्ममा सबैभन्दा ठूलो डिजिटल विज्ञापन ठगी गर्ने नेटवर्कहरू मध्ये एउटालाई पत्ता लगाएर बन्द गरेको छ।

स्लोपएड नामक यस अपरेशनमा मालवेयर फैलाउने र २२४ एपहरूमा नक्कली विज्ञापन भ्यूज र क्लिकहरू उत्पन्न गर्ने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रायः आर्टिफिसियल इन्टेलिजेन्स संचालित टुल्सको रूपमा प्रस्तुत गरिएका एपहरू विश्वभर ३ करोड ८० लाख भन्दा बढी पटक डाउनलोड गरिएको छ।

एक पटक इन्स्टल भएपछि, लुकाइएको मोड्युल (फ्याटमोड्युल) ले ब्याकग्राउण्डमा नक्कली “वेबभ्यूज” चलाउने र यसले विज्ञापन भ्यूजहरूका साथै क्लिकहरूको नक्कल गर्ने गरेको खुलासा गरिएको छ।

यस तरिकाले, प्रणालीले प्रति दिन विज्ञापन नेटवर्कहरूमा २.३ अर्बसम्म ठगी अनुरोधहरू बनाउने गरेको रिपोर्ट गरिएको छ।

धेरैजसो ठगी ट्राफिक अमेरिकाबाट आएको (लगभग ३० प्रतिशत) थियो भने त्यसपछि भारत (१० प्रतिशत) र ब्राजिलबाट (७ प्रतिशत) आएको छ।

स्लोपएड (SlopAds) नेटवर्कसँग सम्बन्धित सबै एपहरू गुगल प्ले स्टोरबाट हटाइएका छन् भने अब ती एपहरू इन्स्टल गर्ने प्रयोगकर्ताहरूलाई सकेसम्म चाँडो आफ्नो डिभाइसहरूबाट डिलिट (मेटाउन) सल्लाह दिइएको छ।

यो अपरेशन बन्द गरिएको भए पनि विज्ञहरूले स्क्यामरहरू नयाँ चालहरू र विज्ञापन प्रणालीहरूको शोषण गर्ने प्रयासहरू लिएर फर्कने सम्भावना रहेको चेतावनी दिएका छन्।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार